सांसद सन्चमायाका कारण समुदायमा हाइसन्चो, कतै पानी त कतै छाना

सर्लाही । बर्षौदेखि खानेपानीको समस्या झेल्दै आएका हरिवन नपाका अत्रौली र सासापुरबासीले अब भने पानीको समस्याबाट राहत पाएका छन । दिन प्रतिदिनको सुख्खा मौसमसगै चर्को घामका कारण पानीको मुहान समेत सुक्दै गएर बर्षौदेखि खानेपानीको समस्या झेल्दै आएका हरिवन- १ भोक्टिनी र हरिवन- ४ सासापुरबासीलाई प्रदेश सांसद संचमाया मोक्तानको संसदीय विकाश कोषबाट डिप बोरिङ्ग र समरसियल धारा निर्माण गरिएपछि अहिले त्यस क्षेत्रका बासिन्दाले राहत पाएका हुन् ।

संसदीय विकाश कोषको ५ लाख ५६ हजारको लागतमा ६ ईन्चको डिप बोरिङ्ग भोक्टिनीमा र ५ लाख ५६ हजारको लागतमा सासापुर मा ५ वटा समरसियल धारा जडान गरि पानी आपुर्ती गर्न लागेपछि दुबै ठाउँका गरि ६० घर परिवारले पिउने पानीको समस्याबाट राहत पाएको सासापुर खानेपानी उपभोक्ता समितिका अध्यक्ष भागिरथ महतोले भने ।

त्यस्तै संसदीय विकाश कोषको ३ लाख ५० हजारको लागतमा हरिवन- १० ताईवान बस्तीमा बर्षौदेखि घरका जस्ताहरु मक्किएर चुहिने भएर वर्षा याममा समस्या झेल्दै आएकाहरुका लागि १० वटा घरको छानामा जस्तापाता लगाउने काम समेत भएको बताईएको छ ।
त्यस्तैगरी २ लाख लागतमा हरिवन ९ दनुवारीमा दनुवार समुदायको लागि बनाईएको सामुदायिक भवनमा घेराबेरा तथा पर्खाल निर्माण गरिएको छ ।
संघिय सामाजबादी फोरमबाट मनोनित हुनु भएकी सांसद मोक्तानकै संसदीय विकाश कोषको १०लाख रकमबाट उपभोक्ता समिति मार्फत अत्रौली चिसापानी जोड्ने ६सय मिटर लम्बाईको सडक स्तरनोती गरी फराकिलो बनाउने र सम्याउने काम समेत सम्पन्न भएको छ ।

यस्तै लालबन्दी-६ मा तामाङ्ग समुदायका मृतकको ब्यबस्थित दाह संस्कार गर्नको लागि १० लाखको लागतमा आर्यघाट निर्माण भैरहेको र लालबन्दी- १६ परवानीपुरमा बौद्द धर्मालम्बीहरुको लागि ४ लाख ५० हजारको लाग मा बौद्द स्तुपा निर्माणको काम भै रहेको सांसद मोक्तान जानकारी गराइन।

यस क्षेत्रको बिकाश गर्ने योजना धेरै नै भए पनि निर्बाचित सांसदलाई जस्तो आफूहरुलाई संसदिय बिकाश कोषको लागि रकम नछुट्याईदा इच्छा हुदाहुँदै पनि सोचे अनुसारको काम गर्न नसकिएको उनको भनाई छ ।
अहिले संसदीय विकाश कोष क्षेत्र विकासको लागि निर्बाचित सांसदको लागि १ करोड र समानुपातिक सांसदको लागि ५० लाख प्रदेश सरकारले छुट्याएर बिकाश निर्माणका कामहरु गराउदै आएको छ ।

Loading...