ट्रम्पलाई भेट्न किम जोङ–उन फेरि तयार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ–उनबिच भेटवार्ता हुने भएको छ।

ट्रम्प र किमबिच आइतबार दुई कोरियाको सीमा क्षेत्रमा रहेको डिएमजेड भूभागका भेटवार्ता हुने तय भएको दक्षिण कोरियाका राष्ट्रपतिले बताएको द न्युर्योक टाइम्सले जनाएको छ ।

ट्रम्प र किमबिचको भेट अन्तिम समयमा आएर तय भएको हो । जी–ट्वेन्टी सम्मेलन सकेर अमेरिकी राष्ट्रपति ट्रम्प जापानबाट दक्षिण कोरिया गएका हुन् ।

जापानमै रहेका बेला ट्रम्पले डिएमजेड क्षेत्रमा भेटका लागि आह्वान गरेका गरेका थिए । डिएमजेड अर्थात डिमिलिटराइज्ड जोन, उत्तर र दक्षिण कोरियाको त्यो क्षेत्र हो जसले दुई देशलाई छुट्याउँछ ।

ट्रम्पले उत्तर कोरियासँग रोकिएको परमाणु निशस्त्रिकरण सम्बन्धी वार्तालाई पुनः जीवन दिने प्रयास गरेका हुन् । सोही प्रयास अन्तर्गत वार्ता हुन लागेको हो किम र ट्रम्पबिच ।

ट्रम्पको निम्तो ट्रम्पले स्वीकार गरेपछि वार्ता सम्भव भएको हो । दुई नेताबिचको वार्ता विस्तृत नभए पनि छोटो भने नहुने जनाइएको छ ।

Loading...