जनप्रतिनिधिले नै गरे नगरपालिकाको कार्यालयमा तोडफोड

महोत्तरी । जनप्रतिनिधिले नै नगरपालिकाको कार्यालयमा तोडफोड गरेका छन । गए राति औरही नगरपालिकाको कार्यालयमा तोडफोड भएको हो ।

उपप्रमुख रेणु झाको नेतृत्वमा गएको एक टोलीले नगरपालिकाको कार्यालयमा रहेको योजना शाखा तथा प्रशासन फाँटमा आक्रमण गरेपछि कम्प्युटर, स्क्यान मेसिन, प्रिन्टर लगायतका सामान फुटेका छन । ।

इलाका प्रहरी कार्यालय गौशालाले दिएको जानकारी अनुसार शनिबार साँझको समयमा कार्यालयमा कामकाज मनपर्दी रुपमा गर्दै आएको विरोधमा उपमेयर रेणु झाको नेतृत्वको टोलीले कार्यालयमा तोडफोड गरेको हो ।

अन्य दिन कार्यालयमा उपस्थित नहुने कर्मचारी शनिबार काम गरेको भन्दै सोधपुछ गर्न खोज्दा विवादले उग्ररुप लिएको प्रहरीको भनाई छ ।

Loading...