क्राइम रिपोर्टरमाथि गोली प्रहार

नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीमै एक पत्रकार माथि गोली प्रहार भएको छ । क्राइम रिपोर्टर महिला पत्रकार मिताली चंदोलामाथि गोली प्रहार भएको हो ।

भारतीय अनलाइन अमर उजालाका अनुसार धर्मशीला क्यान्सर अस्पतालको नजिक उनीमाथि शनिवार राती १२ः३० बजे गोली प्रहार भएको थियो । प्रहरीले उनलाई नजिकैको धर्मशीला अस्पतालमा उपचारका लागि लगेको थियो । चंदोलाको बायाँ हातमा गोली लागेको र उनको अवस्था अहिले खतरामुक्त रहेको बताइएको छ ।

गाडीको अगाडिको सिसामा गोली हानिएको र ड्राइभरको साइडको सिटमा अण्डासमेत फालिएको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानका क्रममा यो घटना व्यक्तिगत रिसइबीका कारणले भएको अनुमान गरिएको छ । घटनाको थप अनुसन्धान भैरहेको बताइएको छ ।

Loading...