भिडन्तमा कुमारको ज्यान नगएको पूर्व गृहमन्त्रीको कडा टिप्पणी : सोमवार गृहमन्त्रीले जवाफ दिने

विप्लवका सर्लाही इन्चार्ज कुमार पौडेलबारे सत्तारुढ दल नेकपाका प्रभावशाली नेता एवं पूर्व गृह मन्त्री समेत रहेका सांसद जनार्दन शर्मा प्रभाकरले गृहमन्त्रीसंग जवाफ मागेका छन । प्रहरीसंगको भिडन्तमा पौडेलको ज्यान गएको कुरा पत्याउन नसकिने भन्दै उनले गृहमन्त्री रामबहादुर थापा बादलको जवाफ माग गरेका हुन् ।

आइतबार राज्य व्यवस्था तथा सुशासन समितिमा आफ्नो धारणा राख्दै पूर्वमन्त्री समेत रहेका प्रभाकरले नेत्रविक्रम चन्द नेतृत्वको नेकपा कार्यकर्ता र प्रहरीबीच सर्लाहीमा दोहोरो गोली हानाहान हुँदा सर्लाहीका जिल्ला इञ्चार्ज कुमार पौडेलको मृत्यु भएको भन्ने सरकारी पक्षको भनाइ सही नभएको बताए । उनले सो सम्बन्धमा गृहमन्त्रीले समितिमा आएर स्पष्ट जानकारी गराउनुपर्ने जिकिर गरे ।

‘नियन्त्रणमा लिएपछि हातखुट्टा भाँचेर मारिएको भन्ने सुनिएको छ । गृहमन्त्रीलाई तुरुन्तै बोलाएर यथार्थ कुरा समितिलाई जानकारी गराउनुपर्‍यो ।’ उनले माग गरे ।

राज्यले जनता मार्न नपाउने बताउदै पूर्व गृहमन्त्रीले जानकारी माग गरेपछि समितिका सभापति शशी श्रेष्ठले गृहमन्त्री रामबहादुर थापालाई सोमवार बैठकमा बोलाइने जानकारी दिइन् । ” भोली यस सम्बन्धमा गृहमन्त्री रामबहादुर थापालाई बैठकमा बोलाएर जानकारी लिइनेछ ।” उनले भनिन् ।

को हुन् कुमार

सर्लाही जिल्ला बागमती नगरपालिकाको धरहरा घर भएका पौडेल नेपाली काङ्ग्रेस, तत्कालिन नेकपा एमाले, चुरेभावर, माओवादी हुँदै पछिल्लो समय बिप्लव नेतृत्वको नेकपामा  रही जिल्ला इन्चार्चको भुमिका निर्वाह गर्दै आएका थिए ।

उनको नेतृत्वमा केहि महिना अघि धरहरामै रहेका सुकुम्बासीले बस्ती हटाउने विषयमा गरेको आन्दोलन दवाउन प्रहरीले गोली चलाएको थियो । त्यतिबेला कुनै मानवीय क्षती भने भएको थिएन । पूर्व खेलाडी समेत रहेका पौडेल निडर स्वभावका थिए । उनलाई प्रहरीले विशेष निगरानीमा राखेको थियो ।

भिडन्त वा हत्या

सर्लाहीको लालबन्दी नगरपालिका अन्तर्गत १,१० र ११नम्बर वडा सिमाना पलार हिरापुर जंगल सिमानामा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका सर्लाही जिल्ला इञ्चार्ज कुमार पौडेल मारिएका हुन् । बिहीवार दिउसो प्रहरीसँगको भिडन्तमा उनको ज्यान गएको प्रहरीको दावी छ ।

नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले भने आफ्नो सर्लाही जिल्ला इन्चार्ज तथा जनकपुर ब्युरो सदस्य कुमार पौडेललाई सरकारले कायरतापूर्वक वर्वरतापूर्वक हत्या गरेको बताएको छ । विहीवार बेलुकी जनकपुर ब्युरो इन्चार्ज अरुणले र शुक्रवार महासचिव विप्लवले बिज्ञप्ती जारी गर्दै पौडेललाई शहिद घोषणा गर्नुका साथै सरकारको राज्यआतङ्क र हत्याको बदला लिने समेत चेतावनी दिएका छ्न् ।

झडममा नभई सिन्धुली जाने क्रममा साथीहरुलाई पर्खेर बसि रहेको अबस्थामा लालबन्दी- १ हिरापुर चन्द्रपुर जंगलबाट उनलाई गिराफ्तार गरि सुनियोचित तरिकाबाट हात भाचेर कंचटमा गोलि हानी हत्या गरेको परिवारले आरोप लगाएका छन ।

आफ्नो भाइलाई गैर कानुनी ढंगले गिरफ्तार गरेर सुनियोचित तरिकाले ह्त्या को बाट कसरि भयो आफूहरुलाई एक एक थाँहा भएकोभन्दै आफूहरु कानुनी उपचारको लागि किटानी जाहेरीसमेत दिने तयारीमा रहेको मृतक कुमारकी दिदी लक्ष्मी पौडेलले ननस्टपखबरसंग खुलासा गरेकी छन ।

 

Loading...