रोल्पा । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रबिक्रम चन्द बिप्लवले देशको आधा सम्पत्ति १० प्रतिसत दलालको कब्जामा गएको बताएका छन् । देश सामन्तहरुको हातबाट दलालहरुको हातमा पुगेको विश्लेषण गर्दै महासचिव बिप्लवले सोकुरा बताएका हुन् ।
रोल्पाको परिवर्तन गाउँपालिकास्थित जनस्तरबाट संचालित रोल्पा नमूना क्याम्पसको उद्घाटन गर्दै महासचिव बिप्लवले अब माओबादीहरु मिल्नुको बिकल्प नभएको पनि खुलासा गरे । दलाल पूजीपतिको कब्जाबाट देश र जनतालाई मुक्त गर्न माओवादीहरु एकजुट हुनुपर्ने उनको भनाइ छ ।
जनयुद्धमा जनताले साथ् दिएको स्मरण गर्दै उनले काठमाडौं छिरेपछि माओवादी बिग्रिएका बताए । कुकुरलाई घ्यू नपचेको जस्तो माओवादीलाई सत्ता नपचेको र जनताको सेवा गर्न नसकेको उनले विश्लेषण गरे । मन्त्री र सांसद पद जनताको सेवाको लागि हुनुपर्नेमा आफ्नै लागि मात्र गर्न खोज्दा माओवादी पनि अरु पार्टी जस्तै बन्न पुगेको उनले बताए ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई मात्र दोष दिएर उन्मुक्ति नमिल्ने उनले निष्कर्ष सुनाए । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई मात्र दोष दिएर उन्मुक्ति नमिल्ने उनले निष्कर्ष सुनाए । यसमा आफूले पनि कमजोरी गरेको स्वीकार गर्दै उनले माओवादीलाई मजबुद शक्ति बनाउन लागिपर्ने र अब टुटफुटको नभई एकताको मात्र कुरा गर्ने उद्घोष गरे ।
आफू माओवादी मिलाउने अभियानमा रहेको खुलासा गर्दै महासचिव विप्लबले यदी त्यसो हुन नसके पनि मोर्चा बनेर आगामी आम निर्वाचनमा आफ्नो पार्टी होमिने खुलासा गरे । रवि लामिछाने र बालेन साहहरु भन्दा बढी जनताको पिडा आफूहरुलाई थाहा भएको भन्दै उनले जनताले पनि आफूहरुलाई निर्वाचनमा आउँन आग्रह गरिरहेका कारण ८४ मा भिड्ने योजना रहेको बताए ।