माओवादीका महासचिव र प्रवक्ताले भेटे प्रधानमन्त्री

काठमाडौ । प्रधानमन्त्री सुशीला कार्की र नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का शीर्ष नेताहरूबीच बिहीबार बालुवाटारमा भेटवार्ता भएको छ ।

महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ बालुवाटार पुगेर प्ररधानमन्त्री लाई भेटेका हुन् ।

प्रधानमन्त्री कार्कीले दलहरूसंग बुधबार सिंहदरवामा भेटवार्ता गरेकी थिइन् । माओवादीका नेताहरू छुट्टै बालुवाटार पुग्नुलाई राजनीतिक बृत्तमा चासोका साथ हेरिएको छ ।

प्रधानमन्त्रीका प्रेस संयोजक रामबहादुर रावलका अनुसार भेटमा समसामयिक राजनीतिक विषयमा मात्र छलफल भएको छ ।

महासचिव विप्लवले विद्रोहको आधारमा बनेको यो सरकारलाई आफूहरुको पूर्ण साथ र सहयोग रहेको प्रतिवद्धता प्रधानमन्त्री सामु व्यक्त गरेका बताइएको छ।

अहिलेको जटिल  राजनीतिक अवस्थाबाट निस्कन राजनीतिक समझदारीलाई अझ व्यापक बनाउन र जेनजी आन्दोलनमा उठेको मागहरू पूरा गर्न माओवादी नेताहरूले आग्रह गरेका थिए ।

सो अवसरमा प्रधानमन्त्री कार्कीले निर्धारित मितिमै निर्वाचन गर्ने प्रतिवद्धता दोहोर्याएकी थिइन् ।