काठमाडौं । समाजवादी एकताको प्रयास स्वरूप गठन गरिएको चार दलीय समाजवादी मोर्चा करिब २ वर्ष ४ महिनापछि महिनापछि विघटन भएको छ।
नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले बुधवार विज्ञप्ति जारी गर्दै मोर्चाबाट अलग भएको घोषणा गरेपछि उक्त गठबन्धन स्वतः विघटन भएको हो।
चार दलीय मोर्चाका तीन घटक एकीकृत भइ एउटै पार्टी नेपाली कम्युनिस्ट पार्टी बनाएपछि एक्लिएको नेपाल कम्युनिस्ट पार्टीका महासचिव बिप्लब मोर्चा छोड्न बा बनेका बताइएको छ ।
सो पार्टी पनि एकीकृत हुने भन्दै छलफल चलिरहँदा अन्तिममा नेतृत्वमा कुरा नमिलेपछि विप्लब पछि हटेका बताइएको छ ।
विप्लवले भने ‘जेनजी विद्रोह’पछि देशको राजनीतिक परिवेशमा मूलभूत परिवर्तन आएको उल्लेख गर्दै अहिलेका पार्टीहरू नयाँ खालका एकता र मोर्चाबन्दीमा सहभागी भएकाले पुरानो मोर्चाको औचित्य समाप्त भएको भनेका छन्।
विप्लव मोर्चामा नरहेको घोषणा गरेसँगै, बाँकी दलहरू एकीकृत भएर नयाँ राजनीतिक संरचना निर्माण गरेपछि चार दलीय समाजवादी मोर्चा औपचारिक रूपमा विघटन भएको पुष्टि भएको हो।







