लामो समयपछि काठमाडौंमा प्रदर्शनमा उत्रेका विप्लवका कार्यकर्ताहरुलाई प्रहरीले ग¥यो गिरफ्तार

काठमाडौं । भारतले नेपालीभूमी हडपेर नक्सा तयार गरेको भन्दै विरोध प्रदर्शनमा उत्रिएको अनेरास्ववियु (क्रान्तिकारी)माथि प्रहरीले हस्तक्षेप गरेको छ । विप्लव नेतृत्वको नेकपा निकट अखिल क्रान्तिकारीको आह्‍वानमा भएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको हो । प्रहरीले विरोध प्रदर्शनको लागि आएका विद्यार्थीहरुलाई ठाउँठाउँमा रोकेको छ भनेने माइतीघरमा पुगेका विद्यार्थीहरुमाथि हस्तक्षेप गरेको छ ।

प्रहरीले अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य प्रभात भट्टराई, काठमाडौं जिल्ला अध्यक्ष गोबिन्द बिष्ट, छत्र बिक, सुवाष, धनजन, दयाराम, पूर्सणचन्द्र, नबिन बिष्ट लगायत दर्जन बढी नेता कार्यकर्तालाई गिरफ्तार गरेको छ । त्यस्तै गोपाल किराती नेतृत्वको माओवादी केन्द्रनिकट क्रान्तिकारीका अध्यक्ष आलोक रायमाझी पनि गिरफ्तार परेका छन् । यसअघि आजै विहान प्रदर्शनको लागि ललितपुरबाट आउँदै गर्दा तीनजनालाई गिरफ्तार गरेको थियो ।

भारतले नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा आफ्नो नक्सामा देखाएपछि नेपालभर त्यसको बिरोध भइरहेको छ । तर प्रहरीले भारतीय हस्तक्षेप र दादागिरीबिरुद्ध सडकमा उत्रिएका विद्यार्थीहरुमाथि धरपकड गरेर आफ्नो फासिवादी चरित्र देखाएको विश्लेकहरुको विश्लेषण छ । यसैबीच अखिल क्रान्तिकारीले प्रहरी दमन र धरपकडका बीच पनि आफ्नो कार्यक्रम जारी राखेको छ ।

राष्ट्र र राष्ट्रिय स्वाधीनताका लागि सडकमा आएको क्रान्तिकारीमाथि दमन गरिरहेको ओली सरकारले अहिलेसम्म भारतसँग सिमा विवाद र आफ्नो भूमि फिर्तीका लागि कुनै पहल गर्न नसकेको अवस्थामा उल्टै आफ्नै देशका युवाहरुमाथि दमन गर्नु ओली सरकारको लज्जास्पद हर्कत भएको क्रान्तिकारीका नेताहरुले बताएका छन् । उनीहरुको गिरफ्तार नेता कार्यकर्ताह्जरुलाई तत्काल रिहा गर्न माग गरेका छन् ।

यसैबीच उता भारतद्वारा सार्वजनिक गरिएको राजनीतिक नक्सा कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई समावेश गरिएको विरुद्धमा अखिल क्रान्तिकारी सेतिमहाकाली क्षेत्रीय समन्वय समितिले कंचनपुरको महेन्द्रनगरमा विरोध प्रदर्शन गरेको छ । विरोध प्रदर्शनलाई सङ्गठनका केन्द्रिय सदस्य बबरजङ्ग सिंह र कंचनपुर अध्यक्ष नरेन्द्र भाटले सम्बोधन गरेका छन् । क्रान्तिकारीले सङ्गठनका क्षेत्रीय समन्वय समितिका संयोजक विरेन्द्र शाह नेतृत्वको विरोध जुलुस निकालेको थियो।

Loading...