सत्तारुढ नेकपाको बैठक बालुवाटारमा सुरु, को को फेरिएलान मन्त्रीपरिषदमा

काठमाडौं, २५ कार्तिक । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक सुरु भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु हुन लागेको आजको बैठकले केही मन्त्रीहरु हेरफेर गर्नेबारेमा पनि छलफल हुने बताइएको छ ।

यसअघि यसै विषयमा प्रधानमन्त्री ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग गोप्य छलफल समेत गरेकोले आजको पार्टीको बैठकमा यो विषयमा छलफल हुनसक्ने स्रोतको दावी छ । प्रचण्डसँग गरिएको सल्लाहपछि नै ओलीले आज सोमबार बिहान पार्टीको सचिवालय बैठक बोलाएका हुन् ।

स्रोतका अनुसार आजको बैठकमा भारतले कालापानीमा गरेको सीमा अतिक्रमण, पार्टी एकताको बाँकी काम लगायतका विषयमा पनि छलफल हुनेछ।

त्यसैगरी आजको बैठकमा पार्टी एकताका टुङ्गो लगाउन बाँकी अन्य केही विषयले पनि प्रवेश पाउनेछन् । नेकपामा केन्द्रीय अनुशासन आयोग, लेखा आयोग र निर्वाचन आयोगको एकीकरण, प्रवास कमिटीहरूको कार्यविभाजन तथा महानगर कमिटीहरूमा इन्चार्ज र सहइन्चार्ज तोक्ने काम बाँकी छ।

Loading...