जथाभावी सम्बन्धन दिने काम बन्द गर्नोस; बिश्वबिद्यालयहरुलाई प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौं, १७ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको श्रमशक्तिको समुचित उपयोग हुने गरी नीति र कार्ययोजनाको आवश्यकता औल्याएका छन । पोखरा विश्व विद्यालयको २० औं साधारणसभाको आज बालुवाटारमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो आवश्यकता औल्याएका हुन ।प्रधानमन्त्री ओलीले नेपालको श्रम शक्तिलाई कसरी सदुपयोग गर्ने भन्ने बिषयमा विश्वविद्यालयहरुले योजना बनाउन सक्ने भन्दै त्यसतर्फ काम गर्न सुझाव समेत दिएका छन । ‘हाम्रोमा देश विकास गर्ने जनशक्ति छ, तर बाहिर गइरहेको छ । देशमा काम पाएको छैन ।

पायो भने सीप र क्षमता छैन,’ ओलीले भने ‘त्यसकारण हामीसँग भएको जनशक्तिलाई कस्तो प्रकारको सीप र शिक्षा दिने भन्ने योजना विश्वविद्यालयले बनाएर त्यहींबाट कार्यन्वयन सुरु गर्नुपर्छ ।’ प्रधानमन्त्री ओलीले नेपाल विद्वान पूर्खाको देश भएको भन्दै अव गरिव रहिरहन नसक्ने पनि प्रष्ट पारेका छन ।पौराणिक कालका ऋषीमुनीहरुले यही भूमीबाट ज्ञान प्राप्त गरेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भने ‘साशकहरुमा दृष्टिकोणको अभाव हुँदा नेपाल केही समय पछि परेको हो, तर अब यो अवस्था लामो समय रहदैन ।’

प्रधानमन्त्री ओलीले देशको आवश्यकता र शिक्षाको तादम्यता नमिल्दा ठुलो–ठुलो योग्यता हासिल गरेका मानिसहरु पनि बेरोजगार बन्नुपरेको तथ्य औल्याएका छन । कसैले खेत बेचेर पाइलट बनेका छन, तर जहाजको छेउमा पनि जान पाउदैनन, यस्तो अवस्थामा उसको समय, स्रोत सबै खेर जान्छ। त्य सकारण रोजगारीका अवसर कहाँ छन भनेर पहिचान गरेर मात्र शिक्षामा लगानी गर्नु पर्छ ।

प्रधानमन्त्री ओलीले त्यस ठाउँको आवश्यकता, रोजगारीको अवसर आदि कुराको बिश्लेषण गरेर मात्र विश्वविद्यालयहरुले नयाँ शैक्षिक संस्थाहरुलाई सम्बन्धन दिनुपर्ने आवश्यकता पनि औल्याएका छन ।

Loading...