काठमाडौँ, २४ असोज । अागामी मङ्सिरमा घाेषणा गरिएकाे प्रदेश र सङ्घकाे निर्वाचनका लागि गठबन्धनसहित पार्टी एकताका लागि गरिएकाे सहमति सङ्कटमा परेकाे छ । पार्टी एकताका लागि नै भनेर गर्न थालिएकाे याे सहमति सङ्घीय प्रतिनिधि सभाका लागि कसलार्इ कति उम्मेदवार दिने भन्ने विषयमा अाएर अप्ठ्याराेमा परेकाे छ । पार्टी एकताकाे घाेषणा गरेका तीन दल अहिले चुनावी […]
राजनीति
नेकपाका रौतहट जिल्ला नेता कञ्चन पक्राउ । राज्य अातङ्क बन्द गर्न नेकपाकाे चेतावनी
रौतहट, २४ असोज । नेपाल कम्युनिस्ट पार्टी रौतहटका एक जिल्ला नेतालाई प्रहरीले गिरफ्तार गरेको छ । रौतहटको बृन्दावन नगरपालिका वार्ड नं. २ बाट नेकपाका जिल्ला कमिटि सदस्य कञ्चन लामालाई प्रहरीले सोमबार अपरान्ह ५ बजे पक्राउ गरेको हो । बृन्दावन नगरपालिका वार्ड नं. २ मा रहेको आफ्नै घरमा बसेका लामालाई प्रहरीले पक्राउ गरेको हो । विरामी […]
प्रदेशको राजधानी र ‘राष्ट्रपति’ तोक्ने प्रयास अन्तिममा रोकियो
काठमाडौं, २४ असाेज । सात प्रदेशकाे अस्थायी केन्द्र ताेक्ने तयारी अन्तिममा अाएर राेकिएकाे छ । सामान्य प्रशासनमन्त्री टेकबहादुर बस्नेतको अध्यक्षतामा रहेकाे अधिकारसम्पन्न संघीय प्रशासन पुनःसंरचना समितिले सातवटै प्रदेशको सम्भावित राजधानी तोकेर सरकारसमक्ष सिफारिस गर्ने तयारी गरेकाे थियाे । मन्त्री बस्नेेतले मंगलबार नै समितिले तयार गरेकाे उक्त प्रतिवेदन मन्त्रीपरिषदमा प्रस्तुत गर्ने तयारी गरेका थिए । तर, […]
एमाले र माकेसहित अन्य पार्टीमा रहेका क्रान्तिकारीहरुकाबीच विप्लवले ध्रुविकरण अभियान थाल्ने
काठमाडौं, २४ असोज । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वमा रहेको नेपाल कम्युनिस्ट पार्टीले सबै क्रान्तिकारीहरुका बीच धु्रविकरण गर्ने निर्णय गरेको छ । असोज २१ देखि २३ गतेसम्म कास्कीमा बसेको केन्द्रीय समितिको बैठकबाट नेकपाले यस्तो निर्णय गरेको हो । पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा रहेको नेकपा (माओवादी) केन्द्र र केपी ओलीको नेतृत्वमा रहेको नेकपा (एमाले)का बीच पार्टी एकताको कुराले […]
नेकपाकाे केन्द्रीय समिति बैठक सम्पन्न
पोखरा,२४ असाेज । नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको पाँचौ पूर्ण बैठक पोखरा, लुम्लेमा नयाँ निर्णयसहित सम्पन्न भएको छ । पार्टी महासचिव विप्लवद्वारा प्रस्तुत ‘संसदीय चुनाव खारेज गरौँ, क्रान्तिकारी ध्रुवीकरणलाई तीव्र पारौँ’ शीर्षकको आठ पृष्ठ लामो राजनीतिक प्रस्ताव पारित गर्दै पोखरा बैठक सम्पन्न भएको पोखरा संवाददाताले जनाएका छन् । बैठकमा महासचिव विप्लवले एमाले, माअाेवादी केन्द्र र नयाँ […]
नेकपा (संयुक्त)को सिङ्गो केन्द्रीय समिति माओवादी केन्द्रसँग विलय हुँदै
काठमाडौँ, २४ असाेज । नेकपा (माओवादी केन्द्र) र नेकपा (संयुक्त)बीच एकता हुने भएकाे छ । नेकपा (संयुक्त)ले माअाेवादी केन्द्रसँग पार्टी एकता गर्ने निर्णय गरेकाे सार्वजनिक गरेकाे छ । साेमबार सम्पन्न नेकपा (संयुक्त)काे पोलिटब्यूरोको बैठकले पार्टी एकता गर्ने निर्णय गरेको हो । पार्टीका अध्यक्ष गणेश साहले पार्टी एकताको निर्णय भएको र मंगलबार बस्ने केन्द्रीय समितिको बैठकले […]
यसरी भएको थियो गौचनको दिउसै गोली हानी हत्या
काठमाडौं, २४ असाेज । सोमबार दिउँसो तीन नबज्दै बा १३ च ४९४८ नम्बरको ल्याण्ड क्रुजर गाडी चढेर नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचन शान्तिनगर कुमुद देवकोटा मार्गस्थित घरबाट निस्केका मात्रै थिए । घरबाट करिब तीन सय मिटरमात्रै अघि बढेपछि उनको गाडीमा अचानक कसैले ईट्टा प्रहार गर्यो । गाडीको अगाडीको सिसामा प्वाल पर्यो । चालकले […]
राजधानीमा बन्दुकको बिगबिगी
काठमाडाै, २४ असाेज । शान्तिनगर क्षेत्रमा निर्माण व्यवसायी गौचनको हत्या हुनुभन्दा केही घन्टाअघि महानगरिय अपराध महाशाखाले काठमाडौंकै म्हैपीबाट एक पेस्तोल र तीन गोली सहित ३ जनालाई पक्राउ गरेको थियो । काभ्रेको रोशी नगरपालिका घर भएका छिरिङ तामाङ, संजय तामाङ र दिलिप तामाङलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरी परिसर काठमाडौंका एसपी रामदत्त जोशीका अनुसार पक्राउ […]
राजधानीमा दिउसै गोली हानी निर्माण व्यवसायी महासंघका अध्यक्ष गौचनको हत्या
काठमाडाैं, २३ असाेज । निर्माण व्यवसायी महासंघका अध्यक्षलाई राजधानीमा दिन दहाडै गोली हानी हत्या गरिएको छ । महासंघका अध्यक्ष शरदकुमार गौचनमाथि काठमाडौंको शान्तिनगरमा आज दिउसो गोली प्रहार गरिएको हो । गोली लागेर गम्भीर घाइते भएका गौचनलाई तत्काल नजिकै रहेको निजामति अस्पताल लगिएको थियो । मिनभवनस्थित सिभिल अस्पतालमा उपचार गर्दा गर्दै उनको निधन भएको हो । […]
आगामी चुनावमा सबैभन्दा साना पाँच पार्टीले बनाए गठबन्धन
काठमाडौँ, २२ असोज । ‘सम्पूर्ण उत्पीडित समुदाय एक हौँ’ भन्ने नाराका साथ विभिन्न पाँचवटा स–साना दलले उत्पीडित गठबन्धन निर्माण गरेका छन् । गठबन्धनमा विश्वेन्द्र पासवान नेतृत्वको बहुजन शक्ति पार्टी, भुवन सुनार नेतृत्वको नेपाल श्रमिक शक्ति पार्टी, मेघबहादुर कामी नेतृत्वको नेपाल दलित पार्टी, तारा विक नेतृत्वको संयुक्त दलित अधिकार मञ्च तथा शोवराती मन्सुर नेतृत्वको संयुक्त मुस्लिम […]