डेन्जर जोनमा रहेका कृषी मन्त्रीलाई ओलीको आश : भएनन् प्रचण्ड प्यारो, छोडिदिए साथ्

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका दुई अध्यक्षले पार्टी भन्दा पनि गुट चलाउने गरेको चर्चा भैरहदा अध्यक्ष प्रचण्ड प्यानलका नेताहरु अर्का अध्यक्ष केपी ओली क्याम्पमा प्रवेश गरेका छन । पछिल्लो समय गृहमन्त्री समेत रहेका रामबहादुर थापाले प्रचण्डको साथ् छोडेको समाचार सेलाउन नपाउदै प्रचण्डका अर्का एक मन्त्री पनि ओलीको पक्षमा उभिएका छन् ।

कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनाल ‘बलदेव’ले आफू पार्टीभित्र प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीको पक्षमा उभिने स्पष्ट पारेका हुन् । सरकारले काम गरेन भन्नुको अर्थ नभएको भन्दै उनले प्रधानमन्त्री केपी शर्मा ओली सरकारले विकास निर्माणका कामलाई द्रुत गतिमा अगाडि बढाएकोले अहिले ओली सरकारको विकल्प खोज्ने बेला नभएको बताएका छन् ।

अध्यक्ष प्रचण्डले पार्टी एकता ताका भएको आलोपालो सरकारको नेतृत्व गर्ने सहमतिलाई बाहिर ल्याएर प्रधानमन्त्री बन्न पहल गरिरहदा प्रचण्ड निकट नेता बलदेवले सरकार परिवर्तन गर्न नहुने जिकिर गरेका छन् ।

शुक्रबार टेलीभिजन कार्यक्रम जनता जान्न चाहन्छन् मा मन्त्री बलदेवले सरकारले विकास निर्माणका कामलाई द्रुत गतिमा अगाडि बढाएको दावी गरे । प्रधानमन्त्री ओली नेतृत्वको पाँच वर्षभित्रै केही हजार मेगावाट विद्युत बेच्ने अवस्थामा नेपाल पुग्ने उनको दाबी छ । आफ्नो मन्त्रालय मातहतको काम  कृषकको लागि कृषि मल समेत उपलब्ध गराउन नसकेका कृषि मन्त्रीले विकासे योजनाका गफ भने मज्जैले गरेका थिए । कृषिप्रधान देश नेपालमा कृषिको विकाशमा कुनै माखो मार्न नसकेपनि उनले कार्यक्रमभरी प्रधानमन्त्री ओलीको प्रसंशाको पुल भने बनाइरहे ।

”प्रधानमन्त्री ओलीले तपाईलाई हटाउन लागेको भएर प्रशंसा गर्नुभएको हो ? भनेर सोधिएको प्रश्नमा उनले मन्त्रिमण्डल पूनगर्ठन हुँदै नहुने जिकिर गरे । ”जति राम्रो काम गरेपनि मन्त्रीमा सधैं बस्ने भन्ने कुरा हुँदैन् यद्यपी मलाइ हटाउने भन्ने कुरा मलाइ कसैले भनेको छैन । प्रधानमन्त्रीज्युले ढुक्क भएर काम गर्नुस् भन्नु भएको छ ।” उनले भने ।

पछिल्लो समय सरकार परिवर्तनको सहमति कार्यान्वयन गराउन नेकपा अध्यक्ष प्रचण्डलाई पहाड फोड्नु जत्तिकै अप्ठ्यारो भएको छ । मन्त्री पद जोगाउन उनकै नजिकका नेताहरु प्रधानमन्त्री ओलीको भजन गर्न थालेपछि सरकार परिवर्तनको कुरा उनको लागि ‘नखाउ भने दिन भरिको शिकार खाउ भने आफ्नै बाउको अनुहार’ भने झैँ भएको उनी निकटष्थहरु बताउँछन् ।

Loading...