काठमाडौं । काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस गरिएको छ । शनिबार दिउँसो सवा ४ बजेको समयमा धक्का महसुस भएको हो ।
१० सेकेन्डको समयसम्म महसुस गरिएको धक्का आसपास नै केन्द्र भएर गएको हुनसक्ने अनुमान गर्न सकिन्छ । पानी परिरहदा भुकम्प गएपछि मानिसहरु त्रसित बनेका छन् ।
थप विवरण आउँन बाकि छ ।
अपडेट : उक्त भूकम्पको धक्का ४.६ म्याग्नेच्यूटको रहेको बताइएको छ । यो बार्पाक भूकम्पकै पराकम्प भएको जानकारी प्राप्त भएको छ ।
भक्तपुरको दूधपाटी आसपासलाई केन्द्रविन्दू बनाएर भूकम्प गएकोले आकारमा सानै भएपनि उपत्यकाबासीले ठुलो झट्का महसुस गरे ।