मोस्ट वान्टेड खान काठमाडौंमा पक्राउ परे

काठमाडौं, २१ । असार प्रहरीको मोस्ट वान्डेट सूचीमा रहेका कपिल्वस्तुका नसिम खान काठमाडौंको नयाँ बानेश्वरबाट पक्राउ परेका छन । कपिलवस्तुमा रही आधा दर्जन अपहरण, फिरौती र हत्या घटनामा संलग्न खानलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले शनिबार बिहान नियन्त्रणमा लिएको हो।

सीआइबीका अनुसार खान कपिलवस्तुमा ऋङ्खलाबद्ध घटना घटाई भारतमा लुकीछिपी बस्दै आएका थिए। कपिलवस्तु प्रहरीलेसमेत विशेष टोली बनाएर खानको खोजी गरिरहेकोबताइएको छ।

सीआईबीले फरार अभियुक्त खोज्ने सिलसिलामा खानलाई पक्राउ गरेको हो। । खानले आठ जनाको हत्या गरेको अरोप छ। पक्राउ पछि अनुसन्धान अघि बढाइएको सिआइबिले जनाएको छ ।

Loading...