काठमाडौं महानगरकी उपमेयर हरिप्रभालाई हृदयघात

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्कीलाई हृदयघात भएको छ ।

काठमाडौं महानगरपालिका वडा नं १६ का वडाघ्यक्ष मुकुन्द रिजालका अनुसार खड्कीलाई हृदयघात भएपछि नर्भिक अस्पतालमा उपचार भइरहेको छ ।

घरमै सुतिरहेका बेला उनलाई मुटुमा समस्या देखिएपछि अस्पताल लगिएको थियो । अहिले उनको नर्भिक अस्पतालको सीसीयुमा राखेर उपचार भइरहेको छ । अस्पतालले उनको एन्जियोग्राम गर्ने तयारी थालेको जनाएका छ ।

खड्गी नेपाली कांग्रेसबाट काठमाडौं महानगरपालिकाको उपमेयरमा निर्वाचित भएर निकै चर्चामा आएकी थिइन । अस्पतालले उनकाे अवस्था धेरै गम्भीर नरहेकाे तर केही दिन अस्पतालमै बस्नुपर्ने जनाएकाे छ । 

Loading...