काठमाडौ महानगरपालिकाकी उपप्रमुख हरिप्रभालाई ह्दयघात

बुद्धशरण शाही, २० असार । काठमाडौ महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठलाई ह्दयघात भएको छ । उनलाई शुक्रवार अचानक ह्दयघात भएपछि अस्पताल भर्ना गरिएको छ ।

थापाथलीस्थित नर्भिक अस्पतालमा उनको उपचार भैरहेको पारिवारिक श्रोतले बताएको छ । उनको स्वास्थ्यमा सुधार भैरहेको बताइएको छ । अस्पतालले शुक्रवार अस्पतालमै राखेर स्वास्थ्य जाँच गर्ने जानकारी गराएको छ ।

छातीमा असहज महसुस भएपछि उनलाई तत्काल अस्पताल पुर्याइएको थियो ।