सिंगापुर बिशाल अन्तरले पराजित , समुह विजेता हुँदै नेपाल सेमीफाइनलमा प्रवेश

काठमाडौं, २० असार । सिंगापुरलाई २१७ रनको विशाल अन्तरले पराजित गर्दै नेपाल समुह ‘ए’ को विजेताको रुपमा एसीसी अन्डर-१९ ( पूर्वी क्षेत्र ) प्रतियोगिताको सेमीफाइनल प्रवेश गरेको थियो। जितसंगै नेपालले सिंगापुरसंगको आफ्नो अपराजित यात्रा कायमै राखेको छ।

प्रतियोगिता अन्तर्गत नेपालले पहिलो खेलमा चिनलाई १० विकेटले पराजित गरेको थियो

डिफेन्डिङ च्याम्पियन नेपालले अब सेमीफाइनलमा समुह ‘बि’ को उपविजेतासंग  जुलाई ८ तारिकमा खेल्नेछ।

नेपालले पहिले ब्याटिंग गर्दै दिएको ३२७ रनको लक्ष्य पछ्याउने क्रममा सिंगापुरले ३९.१ ओभरमा सबै विकेट गुमाएर १०९ रन मात्रै बनाउन सक्यो।

सिंगापुरको लागि हरि कुक्रेजाले सर्वाधिक ३०, कन्नुसामी सथिशले २४ तथा चंद्रमौली श्रीदेवले २३ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।

सिंगापुरलाई सस्तोमा समेट्न देब्रे हाते स्पिनर कुशल मल्लले ४ विकेट ( ९.१-१-१४-४ ) लिए भने तिलक राज भण्डारीले २ ( ५.१-१-९-२ ) तथा सागर ढकाल ( ७-०-१६-१ ) र राशिद खान ( ७-२-१२-१ ) ले १/१ विकेट लिए।

४ विकेट लिने क्रममा कुशलले ३७ औं ओभरको छैठौं र सातौँ बलमा विकेट लिए। अम्पायरले गल्ति गर्दा कुशलले सातौँ बल पनि गर्न पाएका थिए। स्कोरकार्ड

Kushal Malla
KUSHAL MALLA

रित गौतमको शतक  

किनरारा ओभल मैदानमा टस जितेर ब्याटिंग गर्दै नेपालले ५० ओभरमा ४ विकेट गुमाएर ३२६ रन योगफल तयार गरेको थियो ।

उत्कृस्ट सुरुवात गर्ने क्रममा पवन सर्राफ र रित गौतमले पहिलो विकेटको लागि ९२ रनको साझेदारी गरे।अर्धशतकको लागि चुक्ने क्रममा पवन १५ औं ओभरमा आउट भए । उनले १० चौका मदतले ४१ बलमा ४५ रन बनाए।

PAWAN SARRAF

पवनको विकेटपछि दोश्रो विकेटको लागि रितले खडक बोहरासंग १३१ रनको साझेदारी गरे।

यु-१९ टिमको लागि पहिलो पटक ब्याटिंग गरेका खडक ९० रन बनाएर ४० औं ओभरमा आउट भए। ९० बलमा उनले १२ चौका प्रहार गरे। अर्धशतक बनाउनु अघि खडकको २ वटा क्याच सिंगापुर फिल्डरहरुले छोड्न पुगेका थिए।

खडकको विकेटपछि बिशाल बिक्रम केसी १ तथा रोहित पौडेल ७ रन बनाएर आउट भए। त्यसपछि रितले कुशल मल्लले इनिंगलाई अन्तिमसम्म लागे।

RIT GAUTAM

यसै बीच रितले यु-१९ टिमको लागि आफ्नो पहिलो शतक पुरा गरे। २०१६ एसीसी यु-१६ टिमको कप्तानी गरेका रितले म्यानमार बिरुद्ध शतक बनाएका थिए। अविजित ११५ रन बनाएका रितले १३७ बलमा १० चौका र १ छक्का प्रहार गरे।

यस्तै अन्तिममा विस्फोटक ब्याटिंग गरेका कुशलले मात्र २३ बलमा अर्धशतक बनाएर अविजित रहे। मल्लले २३ बलमा ५१ रन बनाउदा ४ चौका र ५ छक्का प्रहार गरे।

कुशलले अन्तिम ओभरमा ४ चौका र १ छक्का तथा ४६ औं ओभरको तेश्रो , चौथो र पाँचौ बलमा लगातार ३ छक्का प्रहार गरेका थिए।

KUSHAL MALLA

विकेट नेपाल