सरकारले खोल्यो विप्लव वार्तामा नआउनुको रहस्य

 काठमाडौं, १९ असार । सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री गोकुल बास्कोटाले विप्लव नेतृत्वको नेकपा वार्तामा नआउनुको पछाडी उनीहरुको कुनै एजेन्डा नभएको बताएका छन् । बिहीबार नियमित पत्रकार भेटघाटमा उनले उक्त जिकिर गरेका हुन् ।

बिहीबार आयोजित नियमित पत्रकार भेटघाटमा उनले भने, ”विप्लव समूह वार्ताबाट भागिरहेछ किनभने वार्तामा आएर माग्ने उनीहरुसंग केहि कुरा नै छैन ।”

प्रबक्ता वास्कोटाले प्रतिबन्धित नेकपाले डर त्रास देखाउने काम बन्द गर्नुपर्ने पनि बताए । ”१२ वटा सिम फेरेर तर्साउदैमा सरकार तर्सदैन।’ उनले भने । सरकार दुइ तिहाइको शक्तिशाली सरकार भएको भन्दै उनले धेरै जोरी खोजे देखाइदिने चेतावनीसमेत दिए । ” सरकार सिमलको भुवा जस्तो होइन, बेलैमा विप्लब समुहले बुझे हुन्छ ।” सरकारका प्रवक्ता बास्कोटाले बताए ।

सरकार अझै आक्रामक हुने संकेत गर्दै उनले लुटपाटको धन्दा जारी राखे थप क्षतीको लागि तयार रहन विप्लव नेतृत्वको नेकपालाई हाँक दिए । ” क्षतितर्फ नजानुस् । समय छ वार्तामा आउनुस् ।” उनले आह्वान गरे ।

Loading...