पिचरोड बनाउने ठेकेदारलाइ सम्पदा निर्माणको जिम्मा दिँदा कुनै काम भएनन्: चिरिवावु महर्जन ( अडियो सहित )

ललितपुर । भुकम्पले भत्केका सम्पदा पुननिर्माण गर्न पुरातत्व बिभाग अन्तर्गत टेण्डर पाएका ठेकेदारले कुनै काम नगरेको ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले खुलासा गरेका छन । ठेकेदार कम्पनीले सम्झौता गरिएकाे कूल लागतको २५ देखि ३० प्रतिशत रकम अग्रिम बुझेर लगिसकेकाे तर काम अलपत्र छोडेको उनले बताएका छन । महर्जनले महानगरले स्वयम् भत्केका सम्पदाको पुननिर्माण गरेको भए […]

कांग्रेसमा गुटउपगुट सभापति बाहेक अरुले बनाउन मिल्ने गगन थापाको भनाई

काठमाडौँ, २७ फागुन । नेपाली काङ्ग्रेसका युवा नेता गगनकुमार थापाले पार्टीभित्र देखिएका गुटउपगुट अन्त्य गर्नुपर्ने बताएका छन् । संघीय प्रतिनिधिसभाको बैठकपछि पत्रकारसँग कुरा गर्दै उनले भने, “पार्टीको सभापति सबैको सभापति हो, उहाँ सभापति नहुँदा गुटउपगुट बनाउन मिल्छ, तर सभापति हुुँदा पनि गुठ बनाउनु विधान विपरित हुन्छ, त्यसैले त्यसको अन्त्य गरिनुपर्छ ।” देउवा सभापति नभएको भए […]

विजुक्छेले खोले सिके-सरकार सहमतिको राजः भारतको पहलमा सहमति भएको दावी

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छे ‘रोहित’ले तराईलाई नेपालबाट टुक्र्याएर छुट्टै देश बनाउन लागेका सिके राउत र सरकारबीचको सहमतिमाथि गम्भीर प्रश्न उठाएका छन् । नेता विजुक्छेले यो सहमति भारतकै निर्देशनमा भएको दावी पनि गरेका छन् । भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै नेता विजुक्छेले केपी ओली नेतृत्वको सरकार भारतको चङ्गुलमा फस्दै गएको दावी […]

श्रम र उत्पादनसँग नजोडिएको शिक्षाले राष्ट्रलाई समृद्धितर्फ लग्दैनः पूर्व शिक्षामन्त्री पौडेल

काठमाडौं, २५ फागुन । पूर्व शिक्षामन्त्री धनीराम पौडेलले श्रमसँग नजोडिएको शिक्षा काम नलाग्ने बताएका छन् । अझै पनि शिक्षा जीवउपयोगी नभई शैक्षिक वेरोजगार उत्पादन गर्ने मात्र भएको भन्दै उनले शिक्षा प्रणालीमा आमूल परिवर्तन हुनुपर्नेमा जोड दिएका छन् । काठमाडौंको शंखमूलमा रहेको साहारा नेशनल स्कूलले अभिभावक दिवसका अवसरमा आयोजना बोल्दै उनले सो कुरा बताएका हुन् । […]

८ महिनामा १०८ कर्मचारी घूस लिँदालिँदै पक्राउ

काठमाडौं, २५ फागुन । प्रधानमन्त्री केपी अाेलीले  भ्रष्टाचारमुक्त प्रशासनकाे भाषण गरिरहँँदा पछिल्लो ८ महिनामा सबैभन्दा बढी कर्मचारी पक्राउ परेकाे तथ्य सार्वजनिक भएको छ । गत साउनदेखि फागुन २१ गतेसम्म अख्तियार दुरुपयोग अनुसन्धान अायाेगले १०८ जना सरकारी कर्मचारी पक्राउ गरेको छ । अायाेगले ८ महिनामा ७५ वटा स्टिङ अपरेसन गरेेर १०८ जना कर्मचारी पक्राउ गरेकाे हाे […]

भोजपुरमा पनि हतियार बरामद

भोजपुर, २५ फागुन । जिल्ला प्रहरी कार्यालयले विभिन्न वन्यजन्तुको छाला, अङ्ग र अवैध हातहतियार बरामद गरेको छ । प्रहरीले टेम्केमैयुङ गाउँपालिका–२ छिनामखु रुमलाका निरकुमार भुजेलको घरमा छापा मार्दा हतियारसहित दुर्लभ वन्यजन्तुको छाला फेला पारेको हो । प्रहरीले विशेष सुराकीका आधारमा बिहीबार छापा मार्ने क्रममा भरुवा बन्दुक दुई थान, हाब्रेको छाला एक थान, भालुको छाला र […]

यस्ता छन् सरकारले सिके राउतसँग गरेका सहमति

नेपालबाट मधेशलाई अलग गरेर छुट्टै राष्ट्र निर्माण गर्ने अभियानमा रहेका स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा.सीके राउतले नेपाल सरकारसँग सहमति गरेका छन् । नेपालको सार्वभौम सत्ता र भौगोलिक अखण्डतालाई स्वीकार गर्ने र पृथकतावादी आन्दोलनलाई त्याग्ने सर्तमा सरकार र स्वतन्त्र मधेश गठबन्धनका नेता सिके राउतबीच सहमति घोषणा गरिएको छ। राष्ट्रियसभा गृहमा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका […]

कर्मचारी समायोजन प्रक्रिया अगाडि बढीसकेको छ, अब कामले गति लिन्छ : मुख्यमन्त्री शाही

दुल्लु, २४ फागुन । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्मचारी समायोजन प्रक्रिया अगाडि बढीसकेको र समायोजन मार्फत सबै प्रशासनिक संरचनामा छिट्टै कर्मचारीको व्यवस्थापन गर्ने बताएका छन । संघियता कार्यान्वयनको चरणमा रहेको उल्लेख गर्दै उनले अहिले नै निरास हुनुपर्ने अवस्था नरहेको बताएका हुन् । शुक्रवार दैलेख उद्योग बाणिज्य संघद्धारा आयोजित ‘दैलेख महोत्सव-२०७५ तथा कर्णाली प्रदेशस्तरीय उद्यम, […]

काठमाडौंको बसुन्धरामा ठूलो वम विष्फोट, वैदेशिक रोजगार संघका अध्यक्ष गुरुङको गाडी खरानी

काठमाडौं, २४ फागुन । काठमाडाैंकाे बसुन्धरामा ठूलाे वम विष्फाेट भएकाे छ । शुक्रबार साँझ सात बजे वरिपरि ठूलाे आवाजका साथ बम विष्फाेट भएपछि साे क्षेत्रका धेरै घरका झ्लालहरु फुटेक छन । विष्फाेट वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहण गुरुङको बसुन्धराकाे सुन्दर मार्गमा रहेकाे घरमा भएकाे प्रहरीले जनाएकाे छ । घरकाे भुइ तलामा भएकाे विष्फाेटबाट गुरुङकाे […]

विप्लव नेतृत्वको नेकपाद्वारा प्रदेश सांसद नियन्त्रणमा

बझाङ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सुदूरपश्चिम प्रदेश सभाकी एक सांसदलाइ नियन्त्रणमा लिएकाे छ । नेकपा बझाङले सुदुरपश्चिम प्रदेश सभा सांसद देवकी मल्ललाई नियन्त्रणमा लिएकाे हाे । सात नं प्रदेश साँसद देवकी मल्ललाइ बझाङको बिजगडाबाट नेकपाका कार्यकर्ताले नियन्त्रणमा लिएका हुन ।  नेकपाको भातृसंगठन अखिल नेपाल महिला संघ क्रान्तिकारीकी केन्द्रीय अध्यक्ष बन्धु चन्दलाई गिरफ्तार […]