एकै परिवारका ३ जनालाई पहिरोले पुर्यो

खोटाङ, २७ असार । खोटाङमा पहिराले घर पुर्दा एकै परिवारका तीनजना बेपत्ता भएका छन् । लगातारको बर्साका कारण शुक्रबार बिहान खोटाङको खोटेहाङ गाउँपालिका– ३ बाक्पचाङमा करिब ४ बजे सुतिरहेको अवस्थामा आएको पहिरोले पुर्दा विष्णु राईका श्रीमती र छोरा छोरी वेपत्ता भएका हुन् । विष्णुलाई भने स्थानीयले उद्दार गरेको बताइएको छ। जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार […]

अविरल वर्षासँगै बाढी पहिरोको वितण्डा, १७ को मृत्युु

काठमाडौं, २७ असार । देशभर जारी अबिरल वर्षासँगैको बाढी र पहिरोमा परी १७ जनाको ज्यान गएको छ । गृह मन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्र (एनईओसी)का अनुसार बाढी र पहिरोमा परेर १३ जना घाइते भएका छन् । अहिलेसम्म खोटाङमा ३, काठमाडौंमा ३, काभ्रेमा २, भोजपुरमा २ तथा ललितपुर, मकवानपुर, पर्सा, महोत्तरी, रामेछाप, सिन्धुली र धादिङमा […]

हनुमन्तेले बगाएका युवकको उद्धार : बस्तीमा पानी पस्यो

भक्तपुर, २७ असार । अविरल बर्षाको कारण भक्तपुरको हनुमन्ते खोलमा आएको बाढीले बगाएका एक व्यक्तिको उद्धार गरिएको छ । बालकोटस्थित हनुमन्ते खोलाको डिलबाट खसेर बेपत्ता बनेका व्यक्तिलाई प्रहरीले उद्धार गरेको हो । शुक्रवार दिउसो सुर्यविनायक- २ बालकोट हनुमन्ते खोला किनारमा हिडिरहेका सन्तोष पहरी खोलामा खसेर बगाएको भन्ने जानकारी प्राप्त हुनासाथ स्थानीयको सहयोगमा उद्दार गर्न सकिएको […]

बौद्धमा जापानी पर्यटक माथि आक्रमण र लुटपाट

काठमाडौँ, २७ असार । काठमाडौँको बौद्धमा आज जापानी पर्यटकमाथि आक्रमण र लुटपाट भएको छ। लुटेराले उनको साथबाट २ लाख भन्दा बढी लुटपाट गरेको प्रहरीले बताएको छ काठमाडौँ महानगरपालिका–६ बौद्ध तीनचुली डेरा गरी बस्ने ४० वर्षीय जापानी नागरिक सुमिजु तेञ्जीमाथि आक्रमण र लुटपाट भएको हो । लुटेराले उनी बस्ने डेरामा पसी सुमिजुलाई धारिलो हतियार प्रहार गरेर […]

बाढी पहिरोबाट मृत्यु हुनेको संख्या ११ पुग्यो, ८ बेपत्ता !

काठमाडौं । तीनदिन देखि आएको अविरल वर्षाका कारण ११ भन्दा बढीले ज्यान गुमाएको गृह मन्त्रालयले जनाएको छ । गृह मन्त्रालयका अनुसार बाढी पहिरोमा ८ भन्दा बढी बेपत्ता भएका छन् । निरन्तर वर्षापछि आएको बाढीपहिरोबाट काठमाडौंमा ३ सहित देशका विभिन्न स्थानमा गरी ११ बढीको मृत्यु भएको हो । काठमाडौंको मुलपानीमा ढिस्को खसेर घर भत्कँदा ३ जनाको […]

काठमाडौंमै घरको पर्खाल भत्किदा एकै घरका तीनको मृत्यु

काठमाडौं, २७ असार । काठमाडाैंकाे मुलपानीमा घरकाे पर्खाल भत्किदा ३ जनाकाे मृत्यु भएकाे छ । शुक्रबार अविरल वर्षाका कारण मुलानीमा एक घरकाे पर्खाल भत्किएर एकै घरका ३ जनाको ज्यान गएकाे हाे । मृत्यु हुनेहरुमा बारा घर भई कागेश्वरी नगरपालिका बस्दै आएका २३ वर्षीया नितु यादव, ३५ वर्षीया शर्मिला यादव र १० वर्षीय कुन्दन यादव रहेका […]

विद्यार्थी बोकेर गुडिरहेको स्कुल बसमाथि ढल्यो सालको रुख

कंचनपुर, २७ असार । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकास्थित अनिरूद्र माविको विद्यार्थी बोकेर गुडिरहेको बसमाथि सालको रुख ढलेको छ। ढलेको रुखले च्यापेर बसमा क्षति पुगेको छ भने दुई विद्यार्थी सामान्य घाइते भएका छन् ।बिद्यालय बिदा भएपछी विद्यार्थी लिएर बस सिमलफाँटातर्फ जाने क्रममा बसमाथि रुख ढलेको स्थानीयले बताएका छन् । घाइते विद्यार्थीको स्थानीय स्वास्थ्य सस्थामा उपचार भैरहेको बताइएको […]

सर्लाही घटनामा संसदीय समिति नबनाउँदासम्म संसद अबरुद्ध पार्ने काँग्रेसको अडान

काठमाडौं । नेपाली कांग्रेसले सर्लाही घटनाको सत्यतथ्य वाहिर ल्याउन संसदीय समिति बनाउनुपर्ने अडान कायम राख्दै संसदीय समिति नबनाउँदासम्म संसद अबरुद्ध पार्ने जनाएको छ। कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँणले शुक्रबार राजधानीमा पत्रकारहरुसँगको अन्तक्रियामा नेपाली कांग्रेसको अडान स्पष्ट पारेका हुन् । सर्लाही घटनाको छानविनका लागि संसदीय समिति गठन नगरेसम्म संसद अबरुद्ध गरिराख्ने भन्दै उनले यसमा आफूहरुलाई राजपा […]

जनकपुर अञ्चल अस्पताल जलमग्न, आकस्मिक कक्षमासमेत पानी पस्यो

जनकपुरधाम । निरन्तरको बर्षाका कारण प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाम जलमग्न भएको छ । जनकपुर अञ्चल अस्पताल डुवानमा पर्दा अस्पतालको आकस्मिक कक्षमासमेत पनि पसेको छ । यस्तै, तीन दिनदेखि लगातार परेको वर्षका कारण जनकपुर चुरोट कारखानाभित्र रहेको मुख्यमन्त्रीको कार्यालय, मुरलीचोकस्थित संघीय प्रहरी कार्यालय डुबानमा परेको छ । भानुचोक, शिवचोक लगायतका मुख्य चोक जलमग्न भएको […]

वर्षाका कारण प्रदेशसभा भवन नै डुबानमा ! कोसी अञ्चल अस्पताल जलमग्न

विराटनगर । लगातारको वर्षाका कारण प्रदेश नम्बर १ को प्रदेशसभा भवन नै डुबानमा परेको छ । वर्षाका कारण जम्मा भएको पानी प्रदेशसभा भवन भित्र पसेर सभाहलमा ताल बनेको हो । प्रदेशसभा भवनसँगै विराटनगर महानगरपालिकाका विभिन्न क्षेत्र डुबानमा परेका छन् । वर्षाका कारण कोसी अञ्चल अस्पताल परिसर ताल बनेको छ भने नालाको पानी अस्पताल परिसरमा रहेको […]