बाढी पहिरोबाट मृत्यु हुनेको संख्या ११ पुग्यो, ८ बेपत्ता !


काठमाडौं । तीनदिन देखि आएको अविरल वर्षाका कारण ११ भन्दा बढीले ज्यान गुमाएको गृह मन्त्रालयले जनाएको छ ।

गृह मन्त्रालयका अनुसार बाढी पहिरोमा ८ भन्दा बढी बेपत्ता भएका छन् ।

निरन्तर वर्षापछि आएको बाढीपहिरोबाट काठमाडौंमा ३ सहित देशका विभिन्न स्थानमा गरी ११ बढीको मृत्यु भएको हो ।

काठमाडौंको मुलपानीमा ढिस्को खसेर घर भत्कँदा ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३५ वर्षीया शर्मिला यादव उनका १० वर्षीय छोरा कुन्दन र मितु यादव छन् ।
गृह मन्त्रायका अनुसार काभ्रेमा पहिरोले घर भत्काउँदा एकै परिवारका दुईको मृत्यु भएको छ । यस्तै ललितपुर, सिन्धुली, पर्सा, धादिङ, सुनसरी र महोत्तरीमा मा एकएक जनाको मृत्यु भएको छ ।

खोटाङमा पहिरोमा परी ३ जना बेपत्ता भएका छन् । काठमाडौं, मोरङ, सुनसरी र पाँचथरमा पनि एकरएक जना बेपत्ता भएका छन् । विभिन्न ठाउँमा बाढी र पहिरोबाट ५ सय घरपरिवार विस्थापित भएका छन् ।

Loading...