काठमाडौंमै घरको पर्खाल भत्किदा एकै घरका तीनको मृत्यु

काठमाडौं, २७ असार । काठमाडाैंकाे मुलपानीमा घरकाे पर्खाल भत्किदा ३ जनाकाे मृत्यु भएकाे छ । शुक्रबार अविरल वर्षाका कारण मुलानीमा एक घरकाे पर्खाल भत्किएर एकै घरका ३ जनाको ज्यान गएकाे हाे ।

मृत्यु हुनेहरुमा बारा घर भई कागेश्वरी नगरपालिका बस्दै आएका २३ वर्षीया नितु यादव, ३५ वर्षीया शर्मिला यादव र १० वर्षीय कुन्दन यादव रहेका प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले एकै परिवारका सदस्यको पर्खालले पुरिँदा ज्यान गएको जानकारी दिएका हुन् ।

बगेर आएको ग्यास समात्न हाम्फालेका विनोद वेपत्ता

यसैबीच कलंकीबाट एक जना बेपत्ता भएका छन् । बल्खु खोलामा बगेर आएको ग्यास सिलिण्डर समात्न बाढीमा हाम्फालेका विनोद चौधरी बेपत्ता भएको प्रहरीले जनाएको छ ।

वर्षाको कारण काठमाडौँको कलंकी क्षेत्र डुबानमा परेको छ । कलंकीको खसीबजार र आसपासका सयौं घरमा पानी पसेको छ भने व्यापारिक भवन समेत डुबेका छन् ।

Loading...