विद्यार्थी बोकेर गुडिरहेको स्कुल बसमाथि ढल्यो सालको रुख

कंचनपुर, २७ असार । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकास्थित अनिरूद्र माविको विद्यार्थी बोकेर गुडिरहेको बसमाथि सालको रुख ढलेको छ।

ढलेको रुखले च्यापेर बसमा क्षति पुगेको छ भने दुई विद्यार्थी सामान्य घाइते भएका छन् ।बिद्यालय बिदा भएपछी विद्यार्थी लिएर बस सिमलफाँटातर्फ जाने क्रममा बसमाथि रुख ढलेको स्थानीयले बताएका छन् ।

घाइते विद्यार्थीको स्थानीय स्वास्थ्य सस्थामा उपचार भैरहेको बताइएको छ ।

Loading...