सर्लाही घटनामा संसदीय समिति नबनाउँदासम्म संसद अबरुद्ध पार्ने काँग्रेसको अडान

काठमाडौं । नेपाली कांग्रेसले सर्लाही घटनाको सत्यतथ्य वाहिर ल्याउन संसदीय समिति बनाउनुपर्ने अडान कायम राख्दै संसदीय समिति नबनाउँदासम्म संसद अबरुद्ध पार्ने जनाएको छ।

कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँणले शुक्रबार राजधानीमा पत्रकारहरुसँगको अन्तक्रियामा नेपाली कांग्रेसको अडान स्पष्ट पारेका हुन् ।

सर्लाही घटनाको छानविनका लागि संसदीय समिति गठन नगरेसम्म संसद अबरुद्ध गरिराख्ने भन्दै उनले यसमा आफूहरुलाई राजपा नेपाल र जनताको साथ् रहेको समेत बताए । प्रमुख सचेतक खाँणले संसदमा सरकारले निरंकुश चरित्र देखाएको जिकिर गर्दै प्रजातन्त्र, जनअधिकार, सुरक्षा लगायतका विषयमा राजपासँग सहकार्य गर्दै अघि बढ्ने जनाए ।

विप्लवका सर्लाही इन्चार्ज कुमार पौडेलको लालबन्दीमा दोहोरो भिडन्तमा नभई सरकारले नियोजित हत्या गरेको नेपाली कांग्रेसको दावी छ । त्यसैगरी इस्वरपुरमा प्रदर्शनका क्रममा प्रहरी कार्वाहीमा मारिएका सरोज नारायण महतो र स्थानिय निकायको लापर्वाहीमा मृत्यु भएका अमित रायको बिषयमा सत्यतथ्य छानविनका हुनुपर्ने भन्दै संसद अवरुद्ध पारिंदै आएको छ ।

उक्त विषयमा सरकारका गृहमन्त्री रामबहादुर थापाले मंगलवार संसदमा घटना विवरण सुनाएका थिए । उनले प्रहरी प्रशासनको बचाव गर्दै घटनाको जानकारी गराएको विपक्षी दलको जिकिर छ ।

कांग्रेसका प्रमुख सचेतक खाँडले प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महरामाथि पनि आक्रोस पोखेका छन । सभामुख महरा नै सरकारको छायाँ बनेको उनको आरोप छ । ”सभामुख महरा नै सरकारको छायाँ बन्दा स्वतन्त्र संसदको गरीमा कमजोर गराउन खोजिएको छ ।” संसदीय समिति नबाएकोमा गुनासो गर्दै उनले भने ।

कांग्रेस संविधानको पालना, विधिको सासन र जनताको अधिकारका पक्षमा सरकारको बिरुद्ध लडिरहने समेत उनले बताए ।

विप्लव नेतृत्वको नेकपाका जिल्ला इन्चार्ज कुमार पौडेलको असार ५ मा प्रहरीको गोली लागि मृत्यु भएको थियो भने असार १४ गते ईश्वरपुर नगरपालिका वडा नम्बर १३ बस्ने लाले रायका १२ वर्षीय छोरा अमितकुमारको स्थानीय नदीको बालुवा निकालेको खाल्डोमा डुवेर मृत्यु भएको थियो ।

खाल्डोमा डुबेर बालकको मृत्यु भएपछि त्यसको विरोधमा क्षतिपुर्ति माग गर्दै स्थानीयले पूर्व पश्चिम राजमार्ग अबरुद्ध गर्दा प्रहरीले अनावश्यक दमनमा ओर्लेर गोली चलाएको थियो । टाउकोमा गोली लागि असार १५ गते इश्वरपुर- १३ श्रीपुर बस्ने अन्दाजी २५ वर्षीय युवा सराेज नारायण महतोको मृत्यु भएको थियो ।

प्रहरीको गोली लागि ज्यान गुमाएका सर्लाहीका सरोजनारायणको परिवारलाई सरकारले १० लाख आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरिसकेको छ अर्का कुमारको पक्ष लिएर कांग्रेसले विपी र विप्लवलाई उस्तै देख्न लागेको सरकारका प्रवक्ताले कडा टिप्पणी गर्दै आएका छन ।

यो पनि पढ्नुस्

गृहमन्त्रीको गम्भीर खुलासा: भन्छन्, स्थानीय जनप्रतिनिधिकै ‘सुराकी’मा कुमार पौडेल मारिएका हुन्

कुमार पौडेलको अन्तिम सस्कारको तयारी, हत्यामा संलग्नहरुको पहिचान भएको परिवारको खुलासा

सर्लाहीमा आइतवार पनि चल्यो गोली : प्रहरीको गोलीबाट १ को मृत्यु, झडपमा ११ घाइते

 

 

Loading...