बालेन साह बुधबार सर्लाही आउने

सर्लाही । रास्वपाका बरिस्ठ नेता बालेन शाह बुधबार सर्लाही-४ आउने भएका छन् । सर्लाही क्षेत्र न.४ मा रास्वपाका उम्मेदवार अमरेशकुमार सिंहलाई चुनावी उर्जा दिन उनी आउने भएका हुन् ।

नेपाली कांग्रेसका सभापति गगनकुमार थापा यहीँ क्षेत्रमा उम्मेदवार रहेकोले यो क्षेत्र चर्चामा छ ।

भावी प्रधानमन्त्रीको रुपमा रास्वपाले अघि सारेका बालेन साह बुधबार बिहान ८ बजे मलङ्वा बाट गोडैटा हुलाकी सडक हुँदै गडहिया चौक -छतौना-धुर्वा- खैर्वा बजार- बहुअर्वा-बैरिया-सिसौट बजार हुँदै मानपुर बैरेज – पिपराभिता-हजरिया हुँदै बरहथवा बजार सम्मको कार्यक्रम रहेको रास्वपाले जनाएको छ ।

अबकी बार बालेन सरकारको चुनावी नारा दिएको रास्वपाले उनको सर्लाही आगमनले मतदातामा प्रभाव बढ्ने र जीत हासिल गर्न सहज हुने बिश्लेषण गरेको छ ।