रसुवा बाढी : प्रहरीका ३ कार्यालय बगायो, सेनाका २ वटा हेलिकप्टर रसुवा उडे

काठमाडौं । तिब्बततर्फबाट आएको बाढीले नेपाल प्रहरीका तीन वटा प्रहरी कार्यालयमा क्षति भएको छ । रसुवा जिल्लामा मात्रै ३ वटा कार्यालयमा क्षति भएको विवरण प्राप्त भएको प्रहरी प्रधान कार्यालयले बताएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार इलाका प्रहरी कार्यालय टिमुरे, प्रहरी चौकी स्याप्रुबेसी र प्रहरी चौकी रसुवागढीमा ठूलो क्षति आएको बताइएको छ । यी कार्यालय र […]

रसुवाको भोटेकोशी नदीमा भिषण बाढी, नदी आसपास क्षेत्रमा सचेत रहन आग्रह

रसुवा । रसुवाको भोटेकोशी नदीमा अकास्मात भिषण बाढी आएको छ । भोटेकोशी नदीमा अचानक ठूलो बाढी आउँदा टिमुरे भन्सार कार्यालय र स्याफ्रुबेसीमा ठूलो क्षति गरेको रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद अधिकारीले जानकारी दिए। ‘भोटेकोशीमा चिनियाँ क्षेत्रबाट ठूलो बाढी आएको छ। गोसाइँकुण्ड गाउँपालिका- २ को टिमुरे र वडा ५ को स्याफ्रुबेसीमा धेरै ठूलो क्षति भएको […]

हैदराबादमा जानकी तामाङले जितिन् तीन स्वर्ण पदक

काठमाडौँ । भारतको हैदराबादमा सम्पन्न प्रथम वर्ल्ड ओपन तेक्वान्दो च्याम्पियनसिप–२०२६ मा नेपालकी जानकी तामाङले तीन स्वर्ण पदक जितेकी छन्। चन्द्रागिरि नगरपालिका–१५ स्थित डायनामिक तेक्वान्दो डोजाङकी तामाङले विश्व तेक्वान्दोको पुम्से विधाअन्तर्गत एकल, जोडी र समूह स्पर्धामा स्वर्ण जितेकी डोजाङले जनाएको छ। अगस्ट २१ देखि २३ सम्म हैदराबादको गाचीबोवलीस्थित जीएमसी बालायोगी इन्डोर स्टेडियममा प्रतियोगिता भएको थियो। अमिकल स्पोर्ट्स […]

बाढी र पहिरोका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडाैँ । अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्गहरूमा सवारी आवागमन प्रभावित भएको छ। नेपाल प्रहरीको तथ्याङ्क अनुसार कोशी, बागमती र कर्णाली प्रदेशका केही सडक खण्डहरू पूर्ण रूपमा अवरुद्ध छन् भने केही स्थानमा सुरक्षाका कारण रात्रिकालीन यात्रामा रोक लगाइएको छ। कोशी प्रदेशको मेची राजमार्ग अन्तर्गत इलाम नगरपालिका-९ को राजदुवालीमा अविरल वर्षाका कारण […]

देशभर मनसुनी वायुको प्रभाव कायमै, आज यी चार प्रदेशमा भारी वर्षाकाे सम्भावना

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लागेको छ । कोशी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा साधारणतया बादल लागेको छ भने बाँकी तराई भूभागमा आंशिक […]

संसदमा आज प्रधानमन्त्री बालेनले सांसदका प्रश्नको जबाफ दिने

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जबाफ दिने भएका छन्। संघीय संसद् सचिवालयका अनुसार दिउँसो १ बजे बस्ने बैठकमा प्रतिनिधिसभा नियमावली, २०८३ को परिच्छेद–९ अनुसार सांसदहरूले सोधेका प्रश्नको प्रधानमन्त्री शाहले जबाफ दिने सम्भावित कार्यसूची छ। सभामुख डोलप्रसाद अर्यालले भदौ १ को बैठकबाट सांसदहरूले सोधेको प्रश्नको जबाफ दिन प्रधानमन्त्रीलाई उपस्थित हुन रूलिङ […]

अमेरिकी आर्थिक प्रतिबन्धको प्रतिकार गर्ने इरानको घोषणा

काठमाडौँ। अमेरिकाले इरानको अर्थतन्त्र तहसनहस पार्ने भनी घोषणा गरेको व्यापक आर्थिक प्रतिबन्धको प्रतिकार गर्ने इरानले घोषणा गरेको छ। साथै अमेरिकाले सुरू गरेको दबाब अभियानलाई इरानका मुख्य व्यापारिक साझेदारहरूले प्रतिरोध गर्नेछन् भन्ने विश्वास पनि इरानले व्यक्त गरेको छ। अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले सोमबार नयाँ आर्थिक नाकाबन्दी सार्वजनिक गर्दा सबैभन्दा कडा प्रतिबन्धहरू भने नलगाएको भनेर समाचार संस्था […]

सासूको निधनका कारण सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी

काठमाडौँ । सासूको निधन भएपछि सभामुख डोलप्रसाद अर्यालले मङ्गलबारका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक स्थगन गरी बुधबार दिउँसो १ बजेका लागि तय गरेका छन्। ९० वर्षीया सासू शिवकुमारी केसीको शिक्षण अस्पताल महाराजगञ्जमा उपचारपश्चात् शनिबार घर फर्काइएकोमा मङ्गलबार बिहान निधन भएको थियो। सोही पारिवारिक शोकका कारण सभामुख अर्यालको निर्देशनमा संसद सचिवालयले बैठकको समय परिवर्तन भएको सूचना […]

सुरु भयो नाडा अटो शो, नेपालीसहित ५३ ब्रान्डका सवारीसाधन प्रदर्शनीमा

काठमाडौं । नाडा अटो शो २०२६ काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)ले आयोजना गरेको १८ औँ संस्करणको अटो शोको उपराष्ट्रपति रामसाय यादवले उद्घाटन गरे । नेपालमा सवारीसाधनको बजार विस्तार भइरहेका बेला स्वदेशमै उत्पादन तथा एसेम्बल भएका अटोमोबाइल सामग्री र सवारीसाधनलाई समेत प्राथमिकतामा राख्दै दुईपांग्रे, चारपांग्रे तथा व्यावसायिक सवारीसाधनका गरी ५३ ब्रान्डको […]

विशेष कारण भन्दै प्रतिनिधिसभाको बैठक स्थगित

काठमाडौं । प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । दिउँसो १ बजे सिंहदबारमा बस्ने गरी तय भएको प्रतिनिधिसभाको बैठक विशेष कारणले बैठक स्थगित गरिएको संघीय संसद् सचिवालयले जनाएको छ । आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्ने कार्यसूची थियो । कानुनमन्त्री गौतमले नै ‘मेलमिलापसम्बन्धी (दोस्रो […]