चाँगुनारायणमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको गयो ज्यान

भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ७ भद्रकालीमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको ज्यान गएको छ । खरिपाटीबाट कमलबिनायक तर्फ जादै गरेको बा.प्र. ०२-०२५ प. १४०१ नं.को मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा उनको ज्यान गएको हो । ज्यान गुमाउनेमा मोटरसाइकल पछाडि सवार ओखलढुङगा माने भन्ज्याङ गाउपालिका घर भई हाल भक्तपुरको चाँगुनारायण ७ खरिपाटी बस्ने […]

महाजात्राले कमायो २६ करोड ६५ लाख

mahajatra safalta ghimire

काठमाडौँ । ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको पाचौँ सातामा प्रवेश गरेको छ । यसका साथै फिल्मले चौथो सातासम्म नेपालमा १५ करोड ९० लाख र अन्तर्राष्ट्रिय बजारमा १० करोड ७५ लाख रुपैयाँको व्यापार गर्दै विश्वभरबाट २६ करोड ६५ लाख रुपैयाँको ग्रस कलेक्सन गरेको छ । नेपालमा षट्कोण आर्ट्सबाट […]

एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपाल युएईसँग खेल्ने

काठमाडौँ । नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा परम्परागत प्रतिद्वन्दी युएईसँग खेल्ने भएको छ । बुधबार समुह चरणका खेल सकिएसँगै युएई समुह बी मा उपविजेता बनेपछि सेमिफाइनलमा नेपालसँग खेल्ने भएको हो । नेपाल समुह ए मा अपराजित रहदै समुह विजेता बनेको छ । त्यस्तै अर्को सेमिफाइनलमा आयोजक ओमानको सामना हङकङसँग हुने भएको छ । ओमान समुह […]

छानविन समितिको प्रतिवेदन मान्दैन भन्नु खेदजनक: अध्यक्ष शर्मा

काठमाडौँ – गैर आवासीय नेपाली संघ (एनआरएनए) को शर्मा समूहका अध्यक्ष राजेन्द्र कुमार (आरके) शर्माले सरकारले गठन गरेको छानविन समितिको प्रतिवेदन मान्दैन भन्नु खेदजनक रहेको बताएका छन्। अध्यक्ष शर्माले सरकारी निकायले गरेको छानविनलाई मान्दैन भन्नु अराजकताको उदाहरण भएको पनि बताए। उनले सरकारी संयन्त्रबाट भएको छानविन पछि प्राप्त निष्कर्षको आधारमा एनआरएनएलाई अगाडी बढाउनु पर्ने बताए। एनआरएनएको […]

एनआरएनएको निर्वाचन त्रुटिपूर्ण, युजर नेम र पासवर्डकै दुरुपयोग,

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को निर्वाचन त्रुटिपूर्ण भएको सरकार बाट गठन गरिएको छानबिन समितिले दिएको रिपोर्टमा उल्लेख गरिएको छ । निर्वाचनका क्रममा भेरो अनलाइन भोटिङ सिस्टमको संवेदनशील विवरण नै दुरुपयोग भएको समितिले प्रतिवेदनमा औँल्याएको छ । अनलाइन भोटिङको संवेदनशील विवरण युजर नेम र पासवर्ड निर्वाचन समितिले प्राप्त गरी सङ्घको आइटी टिममार्फत मतदातालाई उपलब्ध […]

६ सेकेन्डमा गोलले अन्तराष्ट्रिय किर्तिमान

काठमाडौं, ११ चैत । क्रिस्टोफ बाउमगार्टनरले ६ सेकेन्डमा गोल गर्दै अन्तर्राष्ट्रिय फुटबलमा सबैभन्दा छिटो गोलको कीर्तिमान बनाएका छन् । ब्राटिस्लाभामा अस्ट्रियाले स्लोभाकियालाई हराउने क्रममा बाउमगार्टनरले सबैभन्दा छिटो गोल गरेर नयाँ किर्तिमान कायम गरेका हुन ।  २४ वर्षीय मिडफिल्डरले किक–अफबाट तीनवटा चुनौतीलाई बेवास्ता गर्दै घरेलु गोलकिपर मार्टिन डुब्राभकाको अगाडि कम शट हानेका थिए । उनको प्रयास […]

१ सय ३३ किलोमिटर नाँङ्गो खुट्टा हिंड्नपर्ने विश्वकै ठूलो धार्मिक पदयात्रा ‘मिथिला परिक्रमा’

पुरन साह, जनकपुरधाम । मिथिलाञ्चलको महाकुम्भ मानिने १५ दिवसीय मिथिला मध्यमा परिक्रमा जारी छ । १ सय ३३ किलोमिटर नाँङ्गो खुट्टा हिंड्न पर्ने यो विश्वकै सबैभन्दा ठूलो मानिने धार्मिक पदयात्रामा नेपाल मात्र होइन भारतीय नागरिकको पनि उतिकै सहभागिता, सदभाव, अपनत्व र लगानी पनि छ ।    परिक्रमाको क्रममा नेपालका ११ र भारतका ४ गरी कुल […]

न्युजिल्यान्ड पठाइदिने भन्दै ठगी गरेको आरोपमा पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीका लागि न्युजिल्यान्ड पठाइदिने भन्दै ठगी गरेको आरोपमा एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा झापाको मेचिनगर नगरपालिका–१० घर भई हाल काठमाडौं मैतिदेवी बस्ने वर्ष २७ को समित भट्टराई रहेका छन्। समितले पदम बहादुर बुढालाई वैदेशिक रोजगारीको लागि न्युजिल्यान्ड पठाइदिन्छु, त्यसको लागि १४ लाख रुपैयाँ लाग्छ, न्युजिल्यान्ड पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिन्छु, मासिक […]

अनेसासले आठौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन पर्तुगलमा सम्पन्न गर्यो

मार्च ८-१०, २०२४ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)को आठौँ अन्तर्राष्ट्रिय साहित्य सम्मेलन अनेसासका अध्यक्ष गोवर्द्धन पूजाको सभापतित्वमा पोर्चुगलको राजधानी लिस्बनमा सम्पन्न भएको छ । तीन दिन सञ्चालन भई आइतबार सम्पन्न सम्मेलनले आठबुँदे लिस्बन घोषणापत्रसमेत जारी गरेको छ । सम्मेलनले विश्वभर नेपाली भाषा र साहित्यको संरक्षण र संवर्द्धन गर्नुपर्नेमा जोड दिएको छ । यस्तै नेपाली […]

राष्ट्रियसभा अध्यक्षका लागि आज मतदान हुदैँ

 राष्ट्रियसभाको भावी अध्यक्षका लागि आज मतदान हुदैँछ । संसद सचिवालयले हिजो सार्बजनिक गरेको उम्मेदवारीको अन्तिम नामावली अनुसार नेकपा माओवादी केन्द्रका उम्मेद्वार नारायणप्रसाद दाहाल र नेपाली कांग्रेसका उम्मेद्वार युवराज शर्मा बिचमा प्रतिस्पर्धा हुदैछ । संसद सचिवालयका अनुसार बिहान ११:०० बजे निर्वाचन प्रकिया सुरू हुनेछ । संसद सचिवालयका अनुसार सत्ता पक्षको तर्फबाट राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार दाहाल […]