लोकसेवाका आयुक्तहरुमाथि मुख्यमन्त्री राउतको गम्भीर आरोप, लोकसेवा पैसा खान पल्केका बेइमान र फटाहाको केन्द्र

धनुषा । लोकसेवा आयोगका आयुक्तहरुमाथि प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले गम्भीर आरोप लगाएका छन् । आयोगका आयुक्तलाई ‘बेइमान र फटाहा’ मात्र भएको दावी गर्दै मुख्यमन्त्री राउतले उनीहरु पैसा कमाउनका लागि मात्र बसेको आरोप पनि लगाएका छन् । मुख्यमन्त्री राउतले यस्तो आरोप सार्वजनिक मञ्चबाटै लगाएका हुन् । जनकपुरमा आयोजित प्रदेशस्तरीय दलित अगुवाहरुको भेलामा बोल्दै मुख्यमन्त्री […]

अख्तियारद्वारा पौने ३ लाख घुससहित वडा अध्यक्ष पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बारा महागढीमाई नगरपालिका–६ का अध्यक्ष रामजीप्रसाद बरैलेलाई २ लाख ७५ हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ। अख्तियार टोलीले उनलाई कलैया उपमहानगरपालिका–७ स्थित दुर्गा माध्यामिक विद्यालयको हाताबाट मंगलबार पक्राउ गरेको हो। ‘सेवाग्राहीसँग २ लाख ७५ हजार रुपैयाँ घुसवापतको रकम लिइसकेको अवस्थामा घुस रकमसहित कलैया उपमहानगरपालिका–७ स्थित दुर्गा मावि हाताबाट रंगेहात […]

एक बन्दुकधारीले गोली चलाउँदा चारजनाको ज्यान गयो

एजेन्सी । अस्ट्रेलियाको डर्विनका विभिन्न पाँच स्थानमा एक बन्दुकधारीले गोली चलाउँदा चारजनाको ज्यान गएको छ । घटनामा एकजना घाइते भएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । स्थानीय समय अनुसार मंगलबार बेलुका ६ बजेतिर पहिलो घटना भएको हो । त्यसको एक घण्टा भित्र घटनामा संलग्न भएको आरोपमा ४५ वर्षका एक व्यक्तिलाई प्रहरीले […]

विश्वकपमा श्रीलंकाको कठिन जित, अफगानिस्तान अझै जित बिहिन

विश्वकप क्रिकेटमा श्रीलंकाले अफगानिस्तानमाथि कठिन जित हात पारेको छ । कार्डिफमा मंगलबार राति भएको खेलमा श्रीलंकाले अफगानिस्तानलाई डकवोर्थ लुइस नियमका आधारमा ३४ रनले पराजित गरेको हो । टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ३६।५ ओभरमा सबै विकेटको क्षतिमा २०१ रन मात्रै बनाउन सक्यो । श्रीलंकाले सुरुवात राम्रो गरे पनि मध्यक्रमका ब्याट्सम्यान चल्न नसक्दा सामान्य स्कोर […]

भोलि बुधबार सार्वजनिक बिदा

काठमाडौ, २१ जेठ । नेपाल सरकारले मुस्लिम धर्मावलम्बीको महान पर्व इदुल अल फित्रको अवसरमा बुधबार सार्वजनिक विदा घोषणा गरेको छ । गृह मन्त्रालयले एक सूचना जारी गर्दै बुधबार सार्वजनिक विदा घोषणा गरेको हो । गृह मन्त्रालयको सूचनामा मन्त्री परिषदको निर्णयको हवाला दिदै सार्वजनिक विदा घोषणा गरिएको हो । इदुल अल फित्र जेठ २२ गते पर्ने […]

मोदीलाई महेश बस्नेतको साथ् : कुलमानमाथि अख्तियार लगाउन माग

काठमाडौं, २१ जेठ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता महेश बस्नेत नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङमाथि खनिएका छन । पूर्व उद्योगमन्त्री समेत रहेका बस्नेतले घिसिङ्गलाई अख्तियार लगाएर छानबिन गर्नुपर्ने बताए । मंगलबार बजेटमाथिको छलफलका क्रममा प्रतिनिधि सभा बैठकमा बोल्दै भक्तपुर- २ बाट निर्वाचित सांसद बस्नेतले विद्युत प्राधिकरणले ९ अर्ब बढी […]

वजेटपछि पनि नेप्सेमा छाएन रौनक

काठमाडाैं, २१ जेठ । मंगलबार नेपाल स्टक एक्सचेन्ज नेप्से ३.५६ अंक ले घटेको छ । बजेट आएपछि लगातार ओरालो लागेको नेप्से मंगलबार पनि ऋणात्मक भएको हो । नेप्सेसँगै कारोबार रकममा पनि मन्दी आएको छ । मंगलबार ७१ करोड ५४ लाख बराबरको कारोबार भएको हो । नेप्सेको गिरावटसँगै अन्य सूचकमा पनि नकारात्मक प्रभाव परेको छ । […]

केपी सरकारले कोइराला निवास नछोडेपछि

विराटनगर, २१ जेठ । नेपाली काँग्रेसको आस्थाको धरोहरको रुपमा रहेको कोइराला निवासलाई सरकारले सुरक्षा नदिएपछि कांग्रेसी भावनामा चोट पुगेको छ । नेपालका लागि ३ प्रधानमन्त्री दिएको विराटनगरस्थित कोइराला निवासबाट सरकारले सुरक्षाकर्मी हटाएपछि उक्त चोट पुगेको हो । कृष्ण प्रसाद कोइरालाका ३ छोराहरुले नेपालको राजनीतिमा छोडेको प्रभाव जीवन्त बनाइराख्न कोइराला निवासको उचित रेखदेख हुनुपर्ने स्थानियको समेत […]

टायरको रड भाँचिएर विद्यार्थी बोकेको बस दुर्घटना

धनगढी, २१ जेठ । कैलालीको घोडाघोडी नगरपालिकामा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा कम्तिमा ६ जना विद्यार्थी घाइते भएका छन् । घोडाघोडी नगरपालिकाको सुखडस्थित लिटल एन्जल बोर्डिङ स्कुलको से १ ख ३९८ नम्बरको विद्यार्थीबाहक बस दुर्घटना भएको इलाका प्रहरी कार्यालय सुखडका इन्चार्ज प्रहरी निरीक्षक यक्षराज जोशीले बताए । प्रारम्भिक अनुसन्धान अनुसार बसको टायरको रड भाच्चिँदा गाडी […]

बार बर्दियामा सिकल सेल एनिमिया रोगको उपचार गर्न नमूना अस्पताल बन्ने

बर्दिया । बारबर्दिया नगरपालिकामा नेपालमै पहिलो सिकल सेल एनिमिया अस्पताल बन्ने भएको छ । सिकल सेलमा बारबर्दिया मोडल नामक एक वर्षे लामो अभियानपछि उक्त नगरपालिकाले देशमै पहिलो अस्पताल यहाँ स्थापना गर्ने घोषणा गरेको हो । आइतबार बारबर्दिया नगरपालिकाले बारबरर्दियामा सिकलसेल पहिचान, नियन्त्रण र रोकथाम सम्बन्धी अभियान घोषणा समारोह आयोजना गरी यस्तो घोषणा गरेको हो । […]