भोलि बुधबार सार्वजनिक बिदा

काठमाडौ, २१ जेठ । नेपाल सरकारले मुस्लिम धर्मावलम्बीको महान पर्व इदुल अल फित्रको अवसरमा बुधबार सार्वजनिक विदा घोषणा गरेको छ ।

गृह मन्त्रालयले एक सूचना जारी गर्दै बुधबार सार्वजनिक विदा घोषणा गरेको हो ।

गृह मन्त्रालयको सूचनामा मन्त्री परिषदको निर्णयको हवाला दिदै सार्वजनिक विदा घोषणा गरिएको हो । इदुल अल फित्र जेठ २२ गते पर्ने भएकोले उक्त दिन सार्वजनिक विदा दिने निर्णय भएको सूचनामा भनिएको छ ।

हेर्नुस् सूचना