मेलम्चीका ३० किलोमिटर पाइप फुटे तर पानी आउने अझै ठेगान छैन

काठमाडौं । संरचना निर्माण प्रक्रियामा सरकारी निकायबीच समन्वय नहुँदा काठमाडौंमा बिछ्याइएको मेलम्ची खानेपानी आयोजनाको ३० किलोमिटर पाइप फुटेका छन्। मेलम्ची खानेपानी आयोजना–२ ले पाइप बिछ्याएपछि भएको सडक विस्तार र ढल खन्ने क्रममा बानेश्वर, कालोपुल, बिजेश्वरी, बल्खुलगायत क्षेत्रमा पाइप फुटेका छन । ३० किलोमिटर पाइप फुट्दा १६ करोडको क्षति भएको आयोजना कार्यान्वयन निर्देशनालयका प्रमुख तिरेसप्रसाद खत्रीले […]

अख्तियारका इन्स्पेक्टर १५ हजार घुससहित गिरफ्तार

काठमाडौं, २३ जेठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी निरीक्षक केशव बहादुर बस्नेतलाई १५ हजार घुस रकम सहित पक्राउ गरेको छ। रुपन्देहीको सैनामैना नगरपालिकामा रहेको इलाका प्रहरी कार्यालय, रन्यौराका कार्यरत बस्नेतलाई अख्तियारको टोलीले बिहीबार साँझ घुस सहित पक्राउ गरेको हो। बस्नेत सेवाग्राहीसँग सिसै नाकाबाट बालुवा गिट्टी ढुवानीमा सहज बनाउने भन्दै घुस लिँदा पक्राउ परेका हुन्। […]

ज्ञानेन्द्रमाथि आक्रमण हिटलरी शैलीको बर्बरता

अध्यारो सन्नाटामा कतै दुरदराजमा बत्ती बलिरहेको देखेपछि मानिसमा एउटा आस पलाउँछ कि त्यो बत्तीको प्रकाश यतासम्म आइपुग्ने छ । त्यही आशामा मानिस कही कही झुन्डिएको हुन्छ । यस्ता आशाका त्यान्द्राहरु समाजमा रहिरहेकै हुन्छन् । अहिले नेपाली समाजमा त्यसको प्रतिनिधित्व नागरिक समाज, कलाकार, पत्रकार र समाजसेवीले केही हदसम्म गरेका छन् । नागरिकको आशाको प्रतिनिधित्व अरुले गरेको […]

नेप्से कारोबारमा लगातार ओरालो, पर्ख र हेरको अवस्थामा लगानीकर्ता

काठमाडाैं, २३ जेठ । नेपाल स्टक नेप्से बिहिबार ४.६९ अंकले घटेको छ । नेप्सेसँगै कारोबार रकममा पनि गिरावट आएको छ । बिहिबार ०.३६ प्रतिशतले घटेको नेप्सेमा ५८ करोड ८८ लाखको मात्र कारोबार भएको छ । नेप्सेसँगै अन्य सूचक पनि ऋणात्मक भएका छन् । सेन्सेटिभ इन्डेक्स शुन्य दशमलब ०.३५ प्रतिशत फ्लोटिङ इन्डेक्स शुन्य दशमलब ३९ प्रतिशत […]

डोल्पामा यार्सा संकलन गर्न गएका ८ जनाको मृत्यु

जाजरकोट, २३ जेठ । यार्सागुम्वा संकलन गरेर पैसा कमाउन डोल्पा पुगेका आठ जनाको मृत्यु भएको छ । डोल्पाका विभिन्न ठाउँमा यार्सा संकलन गरिरहेकाहरुमध्ये दुई हप्ताकै बीचमा ८ जनाको मृत्यु भएको हो । मृत्यु भएकामध्ये अधिकांशको लेक लागेर ज्यान गएको छ भने केहीको लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा जाजरकोट, रुकुम, जुम्ला र डोल्पाका व्यक्ति […]

चरीमाथि गोली हान्ने र हात काटिदिने गुण्डा नाइके राधे पक्राउ

धादिङ, २३ जेठ । चर्चित गुण्डा नाइके राधे भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ । धादिङको मलेखुबाट राधेलाई प्रहरीले हतियारसहित पक्राउ गरेको दावी गरेको छ । प्रहरीको खोजी सूचीमा रहेका राधे नेपाली कांग्रेसको युवा संगठन तरुण दलको जिल्ला तहको नेता पनि रहेको बुझिएको छ । बुधवार साँझ धादिङको गजुरी गाउँपालिका वार्ड नं. २ मलेखुमा राधेले हतियार […]

बौद्ध साँस्कृतिक केन्द्र र बुद्धजन्मस्थलका लागि चीन र नेपालसँग कठीन संघर्षमा भारत

भारतले हालका वर्षहरुमा बौद्धमार्गको पूनर्जिवितिकरण गर्ने महत्वकांक्षी योजना बनाएको छ । आफ्ना केही मजवुत र केही सामान्य शक्तिका साधन श्रोतहरुको साथमा, भारत बौद्ध साँस्कृतिक केन्द्रका लागि चीनसँग र जन्मभूमिका लागि नेपालसँग प्रतिस्पर्धा गरिरहेको छ । यो कुरा सन् २०११ म दिल्लीमा भएको विश्व वौद्धमार्गी सम्मेलन, २०१४ को सेप्टेम्वरमा सम्पन्न अन्तर्राष्ट्रिय वौद्धमार्गी सम्मेलन र २०१७ मार्चमा […]

चन्दा कम दिएको भन्दै मेयरमाथि मध्यरातमा कुटपिट

रौतहट, २२ जेठ । चन्दा कम दिएको भन्दै रौतहटमा एक मेयरमाथि कुटपिट भएको छ । इस्लाम धर्मावलम्बीको चाड इद उल फित्र मनाउने क्रममा मस्जिदमा बसेका मेयरमाथि मंगलबार राति कुटपिट भएको हो । कुटिनेमा रौतहटको राजपुर फरदहवा नगरपालिकाका मेयर शेख सकिल हुन । उनीमाथि सोही ठाउँका एक यूवकले मंगलबार राति कुटपिट गरेका हुन् । मेयरसँग ती […]

चीनमा यसरी विकसित भएको थियो तियानआन्मेनको रक्तपातपूर्ण घटनाक्रम

तीन दशकअघि चीन सरकारले बेइजिङमा विरोधप्रदर्शन गरिरहेका विद्यार्थीहरूमाथि रक्तपातपूर्ण दमन गर्‍यो। राजनीतिक सुधारको मागसहित तियानआन्मेन स्क्वाएरमा भेला भएका प्रदर्शनकारीमाथि सेनाले ट्याङ्क गुडायो। पहिला गोप्य राखिएका तर सन् २०१७ मा सार्वजनिक केही अभिलेखका अनुसार सो घटनामा १० हजारभन्दा बढी मानिसको मृत्यु भएको हुन सक्छ। तर मृत्यु हुने व्यक्तिको सङ्ख्या भने आजसम्म पनि स्पष्ट भएको छैन। चीनमा […]

केपी ओली र माधव नेपालबीच बाझाबाझ, प्रचण्डले नेपाललाई साथ दिएपछि ओली अल्पमतमा

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीमा पूर्व एमालेका दुई शीर्ष नेताहरुको विवाद पुनः चर्किएको छ । दुई अध्यक्ष रहेको पार्टीका एक अध्यक्ष केपी शर्मा ओली र अर्का बरिष्ठ नेता माधवकुमार नेपालबीचको विवाद पुनः सुरु भएको हो । ओली र नेपालबीचको विवाद चुलिएपछि पार्टीको सचिवालयको पछिल्लो बैठक नै अवरुद्ध भएको छ । केन्द्रीय सदस्यहरुको कार्यविभाजन […]