फेरि फैलियो झाडापखालाको महामारी, एकै गाउँमा ५० बढी बिरामी

मेलम्ची– सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–५ स्थित विन्जेलमा झाडापखलाको महामारी फैलिएको छ । झाडापखलाका कारण एकै गाउँका ५० बढी बिरामी भएका छन् । केहीको स्थिति गम्भीर रहेको गाउँपालिका अध्यक्ष केदार क्षेत्रीले जानकारी दिए । विरामीको खाडिचौरस्थित सिन्धु सदाबहार अस्पताल र स्थानीय मेडिकलमा उपचार भइरहेको छ । अस्पतालको एउटै शय्यामा तीनजनासम्म विरामी राखेर उपचार भइरहेको स्थानीय मिलन सुवेदीले […]

बैठकस्थल घेरा हालेर प्रहरीले गर्यो ठूलो संख्यामा विप्लवका नेता कार्यकर्ता पक्राउ

कास्की । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका १८ नेता तथा कार्यकर्तालाइ प्रहरीले एकैठाउँबाट पक्राउ गरेकाे छ । कास्कीकाे अन्नपूर्ण गाउँपालिकाबाट उनीहरुलाइृ शनिवार राति पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ । जिल्ला प्रहरी कार्यालयले उनीहरुलाइृ अन्नपूर्ण गाउँपालिका–११ उरी भन्ने ठाउँबाट पक्राउ गरेकाे जनाएकाे छ । पक्राउ पर्नेहरुमा नेकपा कास्कीका सेक्रेटरी विवेक भण्डारी ‘आक्रोश’, नेकपास्कीका जिल्ला […]

राजधानीमै अरुको नाममा परीक्षा दिन गएका ५५ जना पक्राउ

काठमाडौं । कोरियन भाषा परीक्षा दिने ५५ जना नक्कली प्रशिक्षार्थीलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखा टेकु, काठमाण्डौ, महानगरीय प्रहरी परिसर टेकु, काठमाण्डौ, महानगरीय प्रहरी परिसर ललितपुर तथा स्थानीय प्रहरी इकाईबाट खटिएको टोलीले शनिवार(आज) काठमाण्डौ र ललितपुरका बिभिन्न परीक्षा केन्द्रहरुबाट अरुको नामको परीक्षामा सहभागी भएका ५५ जनालाई नियन्त्रणमा लिएको हो । पहिलो चरणको […]

जङ्गली च्याउले २ बालिकाको मृत्यु, ८ जना विरामी

पाल्पा । पाल्पाको निस्दी गाउँपालिका–३ झिरुवासको सार्कीडाँडामा जङ्गली च्याउ खाँदा दुई बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा नौ वर्षीया निर्मलासिंह ठकुरी र चार वर्षीया विष्णुसिंह ठकुरी रहेका छन् । उनीहरु दिदीबहिनी हुन् । पाल्पाका जिल्ला प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विश्वमणि पोखरेलका अनुसार जङ्गली च्याउ तरकारीका रुपमा खाँदा उनीहरुको मृत्यु भएको हो । विषाक्त […]

प्रेसमाथि नियन्त्रण गर्ने सरकारको नियत विरुद्ध पत्रकारको हातेसाङ्लो प्रदर्शन

काठमाडौं । प्रेस स्वतन्त्रता कुण्ठित हुने गरी सरकारले ल्याएको मिडिया काउन्सिल विधेयकका विरुद्ध नेपाल पत्रकार महासंघकाे नेतृत्वमा पत्रकारहरुले प्रदर्शन गरेका छन । साे क्रममा उनीहरुले विधेयक पास गरे त्यसअन्तर्गत गठन हुने काउन्सिल अस्वीकार गर्ने चेतावनी समेत दिएका छन । विधेयकका विरुद्धकाे प्रदर्शनका क्रममा शनिबार राजधानीमा हातेसाङ्लो प्रदर्शन सुरु गर्दै पत्रकारहरुले साे चेतावनी दिएका हुन् । […]

हरिवन मालपोतमा अनलाईन सेवा शुरु

सर्लाही, २४ जेठ । सर्लाहीको हरिवन स्थित मालपोत कार्यालयमा शुक्रवारदेखि अनलाईनबाट सेवा प्रदान गर्न थालिएको छ । हरिवन नगरपालिकाका प्रमुख गणेशप्रसाद प्रसाईले एक कार्यक्रमका बीच अनलाईन सेवाको शुभारम्भ गरेका छन । अहिलेको युग प्रविधिको युग भएकोले मालपोत कार्यालयमा अनलाईनबाट सेवा संचालन हुनु खुशीको कुरा भएको नगर प्रमुख प्रसाइको भनाइ रहेको छ । अनलाइनले अनावश्यक ढिलासुस्ती […]

चट्याङले लागेर गौमुखीमा शिक्षककाे मृत्यु

प्युठान । चट्याङले लागेर प्युठानको उत्तरी भेग गौमुखी गाउँपालिका–५ खुङमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय जनसहयोगी आधारभुत विद्यालयमा पढाउँदै आएका शिक्षक ३४ वर्षीय पशुपति आचार्यको रहेको प्रहरीले जनाएको छ । गएराति पानीसहित परेको चट्याङ लागेर आचार्यको घटनास्थलमै मृत्यु भएको हो । उनलाई घरमै सुतिरहेको बेला चट्याङले लागेको थियो ।

प्रहरीले सुरु गर्यो नेवार भाषा सहायता केन्द्र

काठमाडाैं । नेपाल प्रहरीले उपत्यका भित्र रहेका प्रहरी परिसर, वृत्तमा सेवाग्राहीसँग नेपाल भाषा (नेवार भाषा) भाषा बाट नै सेवा दिने भएको छ । प्रहरीले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत याे सेवा सुरु गर्न लागेकाे हाे ।  प्रहरी महानिरीक्षक सर्बेन्द्र खनालसँग नेवा: भोलन्टियर्सका अध्यक्ष मनोज नेवा खड्गी, नेवा: पत्रकार समूहसँग भएको छलफल अनुसार सबैलाई सहजी करण […]

पश्चिमा विश्व चिनियाँ कम्पनीसँग झस्किनुका पाँच कारण

गुगलले विश्वको दोस्रो ठूलो स्मार्टफोन निर्माता ह्वावेईलाई एन्ड्रोइड अपरेटिङ सिस्टममा अप्डेट गर्न रोक लगाएपछि सो चिनियाँ कम्पनीले आफ्ना उत्पादनका लागि छुट्टै प्रणाली बनाउने तयारी गरेको छ। गत महिना अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकी कम्प्युटर सञ्जाललाई ‘विदेशी प्रतिद्वन्द्वी’बाट जोगाउन राष्ट्रिय सङ्कटकाल घोषणा गरेपछि गुगलले ह्वावेईका उत्पादनमा आफ्ना एप नचल्ने बनाउने निर्णय गरेको हो। ट्रम्पको उक्त निर्णय […]

विकास बजेट रकमान्तर गरेर सांसदलाइ नि:शुल्क ल्यापटप वितरण गर्ने षड्यन्त्र

काठमाडौं । सरकारले देशको विकास खर्च काटेर सांसदका लागि प्रतिसांसद एक लाख बढी पर्ने ल्यापटप खरिद गर्ने भएको छ । विकास खर्च काटेर ल्यापटप दिने सरकारको निर्णय उपयुक्त नभएको अधिकारीले बताएका छन । सांसदलाई ल्यापटप किन्न विकास खर्चको ३ करोड ३४ लाख रुपैयाँ रकमान्तर गर्न लागिएको हो । सांसदहरु विभिन्न लबिङ गरी आफ्नो निर्वाचन क्षेत्रमा […]