नेप्से कारोबारमा लगातार ओरालो, पर्ख र हेरको अवस्थामा लगानीकर्ता

काठमाडाैं, २३ जेठ । नेपाल स्टक नेप्से बिहिबार ४.६९ अंकले घटेको छ । नेप्सेसँगै कारोबार रकममा पनि गिरावट आएको छ । बिहिबार ०.३६ प्रतिशतले घटेको नेप्सेमा ५८ करोड ८८ लाखको मात्र कारोबार भएको छ ।

नेप्सेसँगै अन्य सूचक पनि ऋणात्मक भएका छन् । सेन्सेटिभ इन्डेक्स शुन्य दशमलब ०.३५ प्रतिशत फ्लोटिङ इन्डेक्स शुन्य दशमलब ३९ प्रतिशत र सेन्सेटिभ फ्योट शुन्य दशमलब ४३ ले गिरावट आएको छ ।

बिहिबार सबैभन्दा बढी शिवम सिमेन्टको कारोबार भएको छ । शिवम शिमेन्टको ७ करोड ७६ लाखभन्दा बढीको कारोबार भयो । शिवमलाई कैलाश विकास बैंक र नेपाल बैंक लिमिटेडले पछ्याएका छन् ।

बिहिबार ४ कम्पनीको सकारात्मक सर्किट लागेको छ । जसमा कर्पोरेट विकाश बैंक, गुडविल फाइनान्स लिमिटेड, वर्ल्ड मर्चेन्ट बैंकिंङ एण्ड फाइनान्स लिमिटेड र कर्णाली विकाश बैंक रहेका छन् ।

त्यस्तै पाँचथर हाइड्रो पावरका लगानीकर्ताले बढी गुमाएका छन् । यसको ७ प्रतिशतभन्दा बढीको गिरावट आएको छ । कारोबार भएका १२ समूह मध्ये ५ समूह सकारात्मक भएका छन् । बाँकी ७ समूह नकारात्मक देखिएका छन् । जसमा विकाश बैंक समूहले बढी कमाए भने ब्यापार समूहका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् ।

Loading...