ज्ञानेन्द्रमाथि आक्रमण हिटलरी शैलीको बर्बरता

अध्यारो सन्नाटामा कतै दुरदराजमा बत्ती बलिरहेको देखेपछि मानिसमा एउटा आस पलाउँछ कि त्यो बत्तीको प्रकाश यतासम्म आइपुग्ने छ । त्यही आशामा मानिस कही कही झुन्डिएको हुन्छ । यस्ता आशाका त्यान्द्राहरु समाजमा रहिरहेकै हुन्छन् । अहिले नेपाली समाजमा त्यसको प्रतिनिधित्व नागरिक समाज, कलाकार, पत्रकार र समाजसेवीले केही हदसम्म गरेका छन् । नागरिकको आशाको प्रतिनिधित्व अरुले गरेको वा अरुमा विश्वास बढेको देखेर सत्तारुढ शक्ति आत्तिएको देखिन्छ । सत्तारूढ शक्ति यो वा त्यो रूपमा जनतामाथि युद्धको भारी थुपार्ने कोशिस गरेको देखिन्छ । तर, आकाशमा बादल धुमलिएर बेस्सरी गडगडाउन थालेपछि जतिसुकै सुख्खा पाखामा आगो झोसे पनि आखिर त्यो निभेर जान्छ । यो वैज्ञानिक तथ्य हो।

को हुन ज्ञानेन्द्र शाही ?

विसाक्त राज्यव्यवस्थाको भ्रष्टाचारले चरमचुली नाघेको यो बेला राष्ट्रिय स्वाभिमान, न्याय, स्वतन्त्रता, मानव अधिकारलाई क्रूर बर्बरताको कानुनी हत्कण्डा प्रयोग गरी कैद गर्न खोजिएको छ । नेपाली समाजको ऐतिहासिक मूल सभ्यताको निसाना नै मेटाउने कसरत भइरहेका छन् । एकातिर सत्तारूढ शक्ति भूनभूनाउँदै दम्भ प्रस्तुत गरिरहेको छ भने अर्कोतिर त्यो शक्तिका अगाडि प्रतिपक्षीय शक्ति संसदमा निरिह बनेको देखिन्छ । सडकमा प्रतिपक्षको स्थान यस्तै नागरिक समाज, मिडिया र सामाजिक अभियन्ताहरुले लिन पुगेका छन् ।

राष्ट्रियता, लोकतन्त्र र समुन्नत नेपाल निर्माणमा देखिएका समस्याको आंशिक भए पनि समाधानको मुद्दा बोकेर नागरिकलाई सचेत र जुझारु बनाउन प्रयत्न गर्नु आजका जो कोही नेपाली नागरिकको दायित्व बनेको छ । त्यसैको एक प्रतिनिधि पात्र हुन ज्ञानेन्द्र शाही । उनीमाथि गरिएको सरकारी दमन र यातना तीन करोड नेपाली जनताको न्याय स्वतन्त्रता हक हित अधिकार र सिङ्गो राष्ट्रिय स्वाभिमान माथिको कुठाराघात हो । भ्रष्टाचारले चरम सीमा नाघेको बेला भ्रष्टाचार बिरोधी आन्दोलन गर्नु सचेत नागरिकको जिम्मेवारी हो । यसरी एक नागरिकमाथि नाङ्गो रूपमा चरम यातना र दमनमा सरकार उत्रनु भनेको मध्ययुगीन शासकीय मानसिकता हो । मध्ययुगीन क्रूर शासकहरु हिटलर र मुसोलिनी उद्द्त मृत्युसैयामा छट्पटीरहेको नित्कृष्ट सामाजिक फासिवादी फोविया चरित्र ज्ञानेन्द्र शाहीमाथि खनिएको छ । उनको समर्थनमा उर्लेको सामाजिक सदभावलाई नबुझेर यदि अराजक र अराजनीतिक सोचबाट ग्रसित नेता कार्यकर्ताका कुरा सुनेर सत्तासिन शक्तिले थप दमन र धरपकडको बाटो समात्ने हो भने यसबाट प्रकारान्तरले अर्को भयानक आन्दोलनको आधार बन्ने पक्का छ । शासकहरले त्यो युद्धको सामना अनिवार्य खेप्नुपर्ने हुन्छ ।

ज्ञानेन्द्रमाथि आखिर किन गरियो साइबर क्राइमको मुद्दा

ज्ञानेन्द्र शाहीमाथि पत्रकार महासंघको सुर्खेत शाखाका अध्यक्ष र कर्णाली प्रदेशका अध्यक्षले साइबर क्राइम मुद्दा दायर गरेको बुझिएको छ । ज्ञानेन्द्र शाहीले कुनै एक कार्यक्रमपछि पत्रकारहरुलाई अर्कै सन्दर्भमा गाली गरेको र त्यसैका आधारमा मिडियाकर्मीको अपमान भएको भनिएको छ । त्यो कुराको अध्ययन गर्दा ज्ञानेन्द्र शाहीले कुनै व्यक्ति विशेषलाई तोकेर भनेको देखिदैन । यदि मिडियाकर्मी र युवा राजनीतिकर्मीले यदि आफुलाई अपमानजनक गाली बेइज्जत गरेको र आघात चोट पुगेको महशुस गरेको हो भने त्यो कुरा उनीसँगै बसेर समाधान गर्न सकिन्थ्यो । उनले भनेजस्तै यदि कोही ‘बर्दिवाला पत्रकार’ छन भने उनीहरुलाई चित्तदुख्नुको कारण के हो ? इमानदारीका साथ भन्ने हो भने ‘बर्दिवाला पत्रकार’ नितान्त सत्तापक्षको पार्टीसन मिडियाकर्मी भएको पक्का छ ।

बैचारिक तथा राजनीति रूपमा उनीहरुलाई धेरैले जान्दछन । यहीबेला सरकारले प्रेस स्वतन्त्रता माथि लगाउन खोजेको अंकुसमा त्यत्रो ध्यान नजानु तर ज्ञानेन्द्रले कतै केही बोले भन्ने सुन्ने बित्तिकै साइबर अपराधको मुद्दा नै दायर गर्ने पत्रकार को हुन् ? उनीहरुले देशद्रोही सिके रावतलाई नेपालीको हिरो हो भन्नू र ज्ञानेन्द्र शाही जस्ता नागरिक अगुवाइका भ्रष्टाचार बिरोधी अभियन्तामाथि ध्यानाकर्षण हुनुले पत्रकारको नैतिकता र जिम्मेवारी थप स्पष्ट उजागर गर्दछ । जुन भावभूमीबाट ज्ञानेन्द्र शाहीलाई मुद्दा दायर गरियो जुन ठाउँमा समातियो त्यसले राज्यको जिम्मेवार शासक कत्तिको कलङ्कित छन् र त्यो शासकले कस्ताकस्ता बानी ब्यहोराका मनुष्य घेरबार गरेको छ भन्ने पनि स्पष्ट पार्दछ ।

त्यसैको प्रतिफल योजनाबद्ध ढङ्गबाट ज्ञानेन्द्र शाहीलाई सिध्याउने योजना अनुसार घटाइएको घटना हो । ज्ञानेन्द्र शाहीले कर्णाली प्रदेशको समग्र भ्रष्टाचारको जालो च्यात्ने र पतित भ्रष्टाचारको नाङेझार पार्ने देखेपछि पासबिक तवरले दमन र धरपकडमा सरकार उत्रेको हो । उनको स्वास्थ्यमाथि परेको गम्भीर असरको जिम्मेवारी सम्बन्धित प्रदेशको शासक सुरक्षाकर्मी र स्वयम् मुद्दावाला पत्रकारले लिनुपर्छ । ज्ञानेन्द्रमाथि जुन षड्यन्त्र बुनिएको छ, त्यो सरासर दन्डनीय छ। ज्ञानेन्द्र शाहीको दिमागमा समेत असर परेको कुरा स्वयम् उनको मुखबाट यत्रतत्र मिडियामा आउँदा समेत सम्बन्धि पक्षले वास्ता नगर्नु भनेको गैर जिम्मेवारी हो । प्रहरीको बयानका आधारहरुले दिएको जानकारीलाई आधार मानेर आफ्नो कर्तुतलाई लुकाएर वैदेशिक दलाल फासिवादको क्रिडास्थलको झझल्को दिनु यो राज्यको दयनीय प्रस्तुती हो।

सरकार कतातिर उद्दत छ

वैदेशिक साम्राज्यवादका भ्रष्ट तत्वको नेपाल र नेपालीको भाग्य र भबिष्यको ऐनालाई चकनाचुर फुटाउने उद्देश्य लिएर जसरी नेपालमा वैदेशिक चलखेल बढेको छ, त्यसैको लक्ष्य प्राप्तिमा सत्तासिन शक्ति लागेको छ । यता प्रतिपक्षी भने वैज्ञानिक तवरले समस्याको हल खोज्नुको सट्टा प्राविधिक समस्याको पासो थापेर बसेका छन् । यसरी अड्किनु अत्यन्तै दुर्भाग्यपूर्ण सङ्केत हो। पश्चिमा मुलुकहरू नेपालमा शासकलाई निरंकुश बनाउने, प्रतिपक्षीलाई पेलेरै भित्तामा पुगाउने, परिवर्तनकारी शक्तिमाथि प्रतिबन्ध लगाउने, राष्ट्रभक्ति प्रजातान्त्रिक शक्तिलाई नाङ्लो ठटाएर हाती तर्साए जस्तै गर्ने, स्वतन्त्र नागरिक समाजको आवाजलाई बन्द गराउने, प्रेस र कानुनलाई हातमा लिने षडयन्त्र गर्दै आएका छन् । साथै उनीहरु नेपाली सेना, प्रहरी र ब्यूरोक्रेसीमा कु गरेर सिरिया दोहोर्‍याउने दाउमा छन् । यो कुरा समग्रमा नेपाली जनता, सेना, पुलिस, सचेत बौद्धिक वर्गले बेलैमा बुझ्न नसक्ने हो भने न त हाम्रो नेपाल रहन्छ न त हामी नेपाली हुनेछौ । हाम्रो स्वाधीनता र स्वाभिमान माथिको षड्यन्त्र अब सबैले बुझ्न् जरुरी छ ।

विदेशीका मतियारहरुले भ्रष्टाचार बढाएर चरम बेरोजगार निम्ताउने र नेपाली युवा युवतीहरुलाई विदेश पलायन हुन बाध्य बनाउँछन् । विदेशीलाई नागरिकता वितरणको माध्यमबाट नेपालमा विदेशीको जनसंख्या बढाउने सिके रावतलाई मियो बनाएर जनमतसंग्रह गराउने अनि नेपालबाट तराईको भूगोल टुक्राउने योजनाको विरुद्धमा ज्ञानेन्द्र शाही लगायतका नागरिक समाजका केही व्यक्तिहरुले भ्रष्टाचार बिरोधि आन्दोलनमा उठाएका मुद्दाहरु जायज छन् । यस्ता अभियानबाट अतालिएका सत्ताका चाटुकरहरुको निर्देशनमा ज्ञानेन्द्रमाथि योजनाबद्ध हमला गरिएको हो । चलखेल सफल हुन नसक्ने देखेपछि सरकारले केन्द्रीय स्तरमै योजना गरेर केन्द्रीय सरकारको निर्देशनमा प्रादेशिक सरकारका संचालकले यो कदम चलाएका पक्का हो । त्यतिमात्र होइन, ईमानदार कर्मचारी, पत्रकार र नागरिक समाजका अगुवाहरुलाई निसाना बनाउनेतर्फ सरकार उद्धत हुन थालेको छ ।