कर्णालीका मुख्यमन्त्री र अन्य मन्त्रीका लागि गाडी किन्न २ अर्ब रकमान्तर

सुर्खेत, २० जेठ । कर्णाली प्रदेश सरकारले मन्त्रीहरुले चढिरहेका गाडी फेरेर उनीहरुको विलासी सुविधाका गाडी खरिद गर्न विकास बजेटबाट अरबौको रकम रकमान्तर गरेको छ । प्रदेश सरकारले सबै मन्त्रालयका लागि छुट्याएको वजेट आर्थिक वर्षको अन्तिममा आएर रकमान्तर गरेको हो । अघिल्लो वर्ष प्रदेश सभामा प्रस्तुत गरिएको वजेटलाई आर्थिक वर्ष सकिनै लाग्दा अर्को शिर्षकमा परिवर्तन गरी […]

सोलुखुम्बु घटना रहस्यमय, सरकारले नक्कली भिडन्त गर्न खोजेको आशंका

काठमाडौं, २० जेठ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले चौकी कब्जा गर्न लागेको भन्दै नेपाली सेनाको हेलिकोप्टरबाट सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली सोलुखुम्बु पु¥याइएको छ । याे घटनालाइ रहस्यमय ठानिएकाे छ ।  सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–३ छेस्काममा रहेको प्रहरी चौकीमा गएराति नेकपाका केही कार्यकर्ताले आक्रमण गर्न लागेकाे खबर फैलाइएकाे थियाे । तर, त्यहाँ […]

विप्लवले चौकी कब्जा गर्न लागेको भन्दै सेनाको हेलिकोप्टरमा काठमाडौं र विराटनगरबाट सोलुमा लगियो ठूलो फौज

काठमाडौं, २० जेठ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले चौकी कब्जा गर्न लागेको भन्दै नेपाली सेनाको हेलिकोप्टरबाट सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली सोलुखुम्बु पु¥याइएको छ । विप्लव नेतृत्वको नेकपाले चौकीमा आक्रमण गर्न लागेपछि गएराति सोलुखुम्बुको महाकुलुङमा रहेको प्रहरी चौकीबाट प्रहरी भागेर ज्यान जोगाएको बताइन्छ । त्यो खबर आएपछि राजधानी काठमाडौं र १ […]

यार्सा खोज्न जानेहरुबाट लिइएको प्रवेश शुल्कबाट उठ्यो ९० लाख

मुगु, २० जेठ । यस वर्ष पनि बहुमूल्य जडिबुटी यार्सागुम्बा खाेज्नका लागि हिमाली जिल्लामा ठूलाे संख्यामा मानिसहरु पुगेका छन् । यार्सा संकलन गर्नका लागि गएकाहरुबाट उठाइएकाे प्रवेश शुल्कबाट मुगु जिल्लामा मात्र करिव ९० लाख राजश्व संकलन भएकाे छ । मुगुस्थित मुगुम कार्मारोङ गाउँपालिका–२ मुगु गाउँको पाटन क्षेत्रमा पाइने यार्सा संकलनमा जानेबाट मुगुम कार्मारोङ गाउँपालिकाले ९० […]

अपरिचित व्यक्तिले फोन गरेपछि श्रीमतीको हत्या गर्ने पक्राउ

जनकपुर, २० जेठ । अपरिचित व्यक्तिको फोन आएको निहुमा एक व्यक्तिले आफ्नी श्रीमतीको हत्या गरेका छन् । श्रीमती हत्या गर्ने युवकलाई प्रहरीले पक्राउ पनि गरिसकेको छ । धनुषाको सबैला नगरपालिका वार्ड नं. ४ का २२ वर्षीय रहमत राइनले यसरी आफ्नी श्रीमतीको हत्या गरेका हुन् । अपरिचित नम्बरबाट श्रीमतीलाई सधैं फोन आउने गरेको र श्रीमती र […]

नवलपरासीमा ठूलो हावाहुरी, हावाले उडाएको जस्ताले काटेर एक बालिकाको मृत्यु, ८० घरमा क्षति

नवलपरासी, २० जेठ । नवलपरासीमा आएको हावाहुरीले एक बालिकाको मृत्यु हुनुका साथै ८० घरमा क्षति पुगेको छ । आइतबार बेलुका आएको हावाहुरीका कारण नवलपरासीको विनयी त्रिवेणीमा एक बालिकाको मृत्यु भएको हो । साँझपख आएको हावाहुरीका कारण घरको जस्तापाता उडाउँदा जस्तापाताले लागेर विनयी त्रिवेणी गाउँपालिका–७ त्रिवेणी बस्ने ललन यादवकी १० वर्षीया छोरी अञ्जली यादवको मृत्यु भएको […]

धोविघाटमा जीपको ठक्करबाट मोटरसाइकलमा सवार दुईको घटनास्थलमै मृत्यु

धोविघाट नक्खु दोबाटो नजीक सडक दुर्घटना हुदा २ जनाको घटनास्थलमा नै ज्यान गएको छ । आइतवार मोटरसाइकल र जीप एक आपसमा ठोक्किदा २ जनाको घटनास्थलमा नै ज्यान गएको हो । दिउसो अन्दाजी ३ : ३० बजेको समयमा जीपले ठक्कर दिदा मोटर साइकलमा सवार २ जनाको घटनास्थलमा नै ज्यान गएको प्रत्यक्षदर्सीले बताए । बा १६ च […]

पूर्वमन्त्रीलाई संसद भवन भित्रै असुरक्षा : ज्यान जोगाइदिन माग

काठमाडौं । कुर्सीका लागि नेताहरु बदनाम बनिरहेको अवस्थामा पूर्वमन्त्री खगराज अधिकारीलाई भने कुर्सी प्यारो हुन सकेको छैन । उनले कुर्सीका कारण ज्यानमै खतरा आएको बताउदै कुर्सीप्रति असन्तोष व्यक्त गरेका छन । सत्तारुढ दल नेकपाका सांसद अधिकारीले संसद समक्ष नै कुर्सीप्रति कटाक्ष गरेका हुन । उनले आफू संसदमा नै चारपटक लडिसकेको गुनासो गर्दै संसद भवन भित्रै […]

काठमाडौंमा एयर इन्डियाको जहाज दुर्घटनाबाट धन्न जोगियो

काठमाडौं, १९ जेठ । एयर इन्डियाकाे एउटा जहाज दुर्घटनाबाट जाेगिएकाे छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आइतबार बिहान अवतरणका लागि अाएकाे एयर इन्डियाको जहाज दुर्घटनाबाट धन्न जाेगिएकाे हाे । विमानले सही बाटाे चिन्न नसकेर त्रिअविमा अवतरण गर्न नसकेका कारण यस्ताे समस्यामा परेकाे हाे । अाइतबार बिहान ८ः५५को समयमा निकै धेरै काेशिस गरेर पनि ल्यान्ड गर्न आएको […]

भारतसँग पनि व्यापारिक सम्बन्ध तोड्दै ट्रम्पले बढाए कर, भारत आक्रोशित

काठमाडाैं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र भारतबीचको विशेष व्यापारीक सम्बन्ध तोडेका छन्। भारतबाट अमेरिका निर्यात हुने सामाग्रीमा अमेरिकाले अरबौं कर छुट गरेको थियो। अबभने भारतीय सामाग्रीमा कर लाग्नेछ। अमेरिकी सामाग्रीलाई भारतमा समाना र उचित स्थान नदिएकोभन्दै ट्रम्प भारतप्रति रुष्ट बनेका हुन्। राष्ट्रपतिय कार्यालय ह्वाइट हाउसले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘भारतले उसको बजारमा अमेरिकालाई […]