पूर्वमन्त्रीलाई संसद भवन भित्रै असुरक्षा : ज्यान जोगाइदिन माग

काठमाडौं । कुर्सीका लागि नेताहरु बदनाम बनिरहेको अवस्थामा पूर्वमन्त्री खगराज अधिकारीलाई भने कुर्सी प्यारो हुन सकेको छैन । उनले कुर्सीका कारण ज्यानमै खतरा आएको बताउदै कुर्सीप्रति असन्तोष व्यक्त गरेका छन ।

सत्तारुढ दल नेकपाका सांसद अधिकारीले संसद समक्ष नै कुर्सीप्रति कटाक्ष गरेका हुन । उनले आफू संसदमा नै चारपटक लडिसकेको गुनासो गर्दै संसद भवन भित्रै कुर्सीका कारण असुरक्षा बढेको बताए ।

आईतबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै नेता अधिकारीले आफूहरु बस्ने गरेको सिट व्यवस्थित नहुदा संसदमा आफू ४ पटक लडेको बताएका हुन् ।

सांसद अधिकारीले संसदमा भाँचिएको कुर्सी नै देखाएर सांसदहरुको ज्यानको सुरक्षा गरिदिन समेत सभामुख समक्ष राखेका छन । भाँचिएको कुर्सीले जुनसुकै दिन पनि संसदमा दूर्घटना हुनसक्ने उनको दुखेसो थियो ।

पटक पटक संसद सचिवालय समक्ष यस विषयमा गुनासो गर्दा पनि संसद सचिवालयल ज्यान नै जोखिममा पार्ने खाले कुर्सीहरु नहटाएको भन्दै उनले यस्ता कुर्सीहरु नराख्न ध्यानाकर्षण गराइरहदा सभामुख कृष्ण बहादुर महरा भने हाँसिरहेका थिए ।

Loading...