धोविघाटमा जीपको ठक्करबाट मोटरसाइकलमा सवार दुईको घटनास्थलमै मृत्यु

धोविघाट नक्खु दोबाटो नजीक सडक दुर्घटना हुदा २ जनाको घटनास्थलमा नै ज्यान गएको छ । आइतवार मोटरसाइकल र जीप एक आपसमा ठोक्किदा २ जनाको घटनास्थलमा नै ज्यान गएको हो ।

दिउसो अन्दाजी ३ : ३० बजेको समयमा जीपले ठक्कर दिदा मोटर साइकलमा सवार २ जनाको घटनास्थलमा नै ज्यान गएको प्रत्यक्षदर्सीले बताए । बा १६ च ४७४३ नम्बरको जीपले बा ९२ प ९८६३ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकल चालक र पछाडी सवार दुवै जनाको ज्यान गएको प्रहरीले पुष्टी गरेको छ । बल्खुबाट नक्खु तर्फ गैरहेको मोटरसाइकललाई विपरीत दिशाबाट आइरहेको जीपले ठक्कर दिंदा उक्त हताहती भएको हो ।

दुर्घटनाबाट ज्यान गुमाउनेमा मोटरसाइकल चालक नुवाकोटका अन्दाजी २८ वर्षीय चन्द्रमणि मुडवरी र पछाडी सवार गोदावरी बस्ने अन्दाजी ४३ वर्षीय गोबिन्द शर्मा रहेको ट्राफिक प्रहरीबाट ननस्टपखबरलाई जानकारी प्राप्त भएको छ । ट्राफिक प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा परेका मुडवरी र शर्मालाइ घाइते अवस्थामा नर्भीक अस्पताल पुर्याइएकोमा करीव ४ बजेको समयमा दुवै जनालाई डाक्टरले मृत घोषित गरेका हुन् ।

जीप र जीप चालक प्रहरीको नियन्त्रणमा रहेका छन । प्रहरीले घटनाको थप अनुसन्धान भैरहेको जनाएको छ ।

अपडेट : यसैबीच दुर्घटनामा ज्यान गुमाउने गोविन्द शर्मा पत्रकार रहेको खुलेको छ । उनी नेपाल कृषि पत्रकार प्रतिष्ठान (जोना) का अध्यक्ष हुन् । कृषी पत्रकार शर्मा कृषी टेलीभीजनसंग सम्बन्धीत रहेका थिए । उनी प्रेस संगठन नेपालका सदस्य र पूर्व प्रेस सेन्टरका काठमाडौं जिल्ला अध्यक्ष समेत रहेका थिए । यतिबेला उनका आफन्त, शुभचिन्तक र पत्रकारहरुको नर्भीक अस्पतालमा बाक्लो उपस्थिति रहेको छ ।

त्यसैगरी उक्त दुर्घटनामा ज्यान गुमाउने अर्का ब्यक्ति चन्द्रमणि मुडवरी पनि पत्रकार तथा कलाकार रहेको खुलेको छ । विभिन्न रेडियो र टेलीभीजनमा कार्यक्रम प्रस्तोता रहेका मुडवरीले दर्जनौ म्युजिक भिडियोका साथै गुड लक, उल्टो जुत्ता , रंगमंच जस्ता डिजिटल फिल्म खेलेका छन् । उनको मुख्य अभिनय रहेको चलचित्र ‘सिमल’ र ‘म्हेन्दु’ प्रदर्शनको तयारीमा छ । 

Loading...