भारतसँग पनि व्यापारिक सम्बन्ध तोड्दै ट्रम्पले बढाए कर, भारत आक्रोशित

काठमाडाैं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र भारतबीचको विशेष व्यापारीक सम्बन्ध तोडेका छन्।

भारतबाट अमेरिका निर्यात हुने सामाग्रीमा अमेरिकाले अरबौं कर छुट गरेको थियो। अबभने भारतीय सामाग्रीमा कर लाग्नेछ। अमेरिकी सामाग्रीलाई भारतमा समाना र उचित स्थान नदिएकोभन्दै ट्रम्प भारतप्रति रुष्ट बनेका हुन्।

राष्ट्रपतिय कार्यालय ह्वाइट हाउसले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘भारतले उसको बजारमा अमेरिकालाई समान र उचित स्थान दिनेबारे भारतले आश्वासन नदिएकोबारे हामीलाई थाहा छ।’ आगामी जुन ५ देखि अमेरिकाले भारतलाई दिइरहेको विशेष व्यापारीक अवस्थालाई तोड्ने जनाइएको छ।

भारतले अमेरिकाको कैयौं सुविधासमेत नपाउने जनाइएको छ। अब भारतीय समाग्री वासिङ मेसिन, सोलार सेल्स तथा अन्य सामाग्रीमा कर लाग्नेछ।

भारतमा हाल अमेरिकाका २४० मिलियन डलरका समाग्रीहरु निर्यात हुन्छन्। भारतलेसमेत अमेरिकाले कर लगाए आफूले कर लगाउने बताएको छ।

Loading...