बेलायती राजकुमारी मार्केलका बारेमा दिएको प्रतिक्रियाले डोनाल्ड ट्रम्प विवादमा

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी हप्ताबाट युरोप भ्रमणको तयारी गरेका छन्। उनी वेलायत, आयरल्यान्ड, र फ्रान्स पुग्नेछन्।

हालै युरोप भ्रमणको बारेमा वेलायती पत्रिका द सनले ट्रम्पसँग अन्तर्वार्ता गरेको थियो। अन्तर्वार्ताको क्रममा ट्रम्पलाई वेलायतमा को नयाँ प्रधानमन्त्री हुँदा राम्रो हुन्छ होला भनेर प्रश्न गरिएको थियो।

ट्रम्पले कन्जर्भेटिम पार्टीका बोरिस जोनसन प्रधानमन्त्री बन्न लायक भएको प्रतिक्रिया जनाए। हालै सोही पार्टीकी प्रधानमन्त्री टेरिजा मेले प्रधानमन्त्री पदबाट राजीनामा दिएकी थिइन्।

द सनले वेलायती राजकुमारी मेघन मार्केलको बारेमा समेत डोनाल्ड ट्रम्पसँग प्रश्न गरेको थियो। ट्रम्पले उत्तरमा वेलायती राजकुमारी मार्केल अप्रिय भएको बताए। उनकाे याे प्रतिक्रिया विवादमा परेकाे छ ।

मेघन मार्केल अमेरिकी कलाकार हुन्। उनी क्यालिफोर्निया राज्यमा जन्मिएकी थिइन्। उनले गतवर्षको मे महिनामा वेलायती राजकुमार ह्यारीसँग विवाह गरेका थिए। यतिबेला उनीहरुबाट छोरा जन्मिएको छ।

सन् २०१६ मा जब ट्रम्प अमेरिकामा चुनावी प्रतिस्पर्धामा थिए। त्यसबेला मर्केलले ट्रम्प महिलाप्रति साह्रै अप्ठेरो र नकरात्मक भएका कारण यदि ट्रम्पले चुनाव जिते आफूले अमेरिका छाडेर क्यानडा पलायन हुने प्रतिक्रिया जनाएकी थिइन्। उनले ट्रम्पको चर्को आलोचना गरेकी थिइन्। उनले ट्रम्पलाई देख्न नसक्ने बताएकी थिइन्।

ट्रम्पलाई मेघनको यस भनाइमा तपाइँको विचार के छ? भनेर प्रश्न गरिएको थियो। ट्रम्पले भने,‘मलाई थाहा थिएन। उनी यस्तो अप्रिय छिन् भनेर। मलाई विश्वास छ अहिले उनी ठिक छिन्।’

तर संयोगवश जुन देशमा ट्रम्प भ्रमणका लागि जाँदैछन्। मार्केल त्यसै देशकी राजकुमारी हुन्। 

Loading...