वजेटपछि पनि नेप्सेमा छाएन रौनक

काठमाडाैं, २१ जेठ । मंगलबार नेपाल स्टक एक्सचेन्ज नेप्से ३.५६ अंक ले घटेको छ । बजेट आएपछि लगातार ओरालो लागेको नेप्से मंगलबार पनि ऋणात्मक भएको हो । नेप्सेसँगै कारोबार रकममा पनि मन्दी आएको छ । मंगलबार ७१ करोड ५४ लाख बराबरको कारोबार भएको हो ।

नेप्सेको गिरावटसँगै अन्य सूचकमा पनि नकारात्मक प्रभाव परेको छ । सेन्सेटिभ इन्डेक्स, फ्योटिंङ इन्डेक्स तथा सेन्सेटिभ फ्लाेट सबै ऋणात्मक भएका छन् ।

मंगलबार सबैभन्दा बढी शिवम सिमेन्टको कारोबार भएको छ । शिवमकाे १२ करोड ११ लाखभन्दा बढीको कारोबार भएको छ । प्रभु बैंक र नेपाल बैंकले शिवमलाई पछ्याएका छन् ।

मंगलबार सबैभन्दा बढी तारागाउँ रिजेन्सी होटेलका लगानी कर्ताले कमाएका छन भने सबैभन्दा बढी जोशी हाइड्रो पावरका लगानी कर्ताले गुमाएका छन् ।

मंगलबार कारोबार भएका १२ समूह मध्ये ४ ओटा समूह मात्र उकालो लागेका छन् भने बाँकी ८ समूह ओरालो लागेका छन् । त्यसमध्ये सबैभन्दा बढी होटेल समूहले कमाएका छन् भने सबैभन्दा बढी निर्जीवन बिमा समूह ओरालो लागेको छ ।