अख्तियारद्वारा पौने ३ लाख घुससहित वडा अध्यक्ष पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बारा महागढीमाई नगरपालिका–६ का अध्यक्ष रामजीप्रसाद बरैलेलाई २ लाख ७५ हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ। अख्तियार टोलीले उनलाई कलैया उपमहानगरपालिका–७ स्थित दुर्गा माध्यामिक विद्यालयको हाताबाट मंगलबार पक्राउ गरेको हो।

‘सेवाग्राहीसँग २ लाख ७५ हजार रुपैयाँ घुसवापतको रकम लिइसकेको अवस्थामा घुस रकमसहित कलैया उपमहानगरपालिका–७ स्थित दुर्गा मावि हाताबाट रंगेहात नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ,’ अख्तियारद्वारा मंगलबार जारी विज्ञप्तिमा छ।

वडा अध्यक्ष बरैले सांसद विकास कोषबाट आएको रकमबाट नेपाल राष्ट्रिय मावि बबुआइनको कम्पाउन्ड पर्खाल बनाउने क्रममा उनले घुस मागेको सूचनाका आधारमा अख्तियारले उनीमाथि निगरानी बढाएको थियो। यसैक्रममा उनलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ।

Loading...