रौतहट । कटहरिया नगरपालिकाका तत्कालिन निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रकाश साहसहितलाई भ्रष्टाचार आरोपमा मुदा दायर गरिएको छ। डकुमेन्ट्री निर्माणको नाममा सरकारी रकम दुरुपयोग गरेको आरोपमा उनीसहित सातजनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।
आर्थिक वर्ष २०७७–०७८ को बजेट नगरसभाबाट स्वीकृत नगरी सरिता फाउण्डेशनको नाममा पाँच लाख रुपैयाँको चेक काटेर मिलेमतोमा हिनामिना गरिएको अख्तियारको आरोप छ ।
प्रतिवादीहरूले झण्डै दश लाख रुपैया चेतनामूलक सन्देशका नाममा खर्च गरेको तर उक्त डकुमेन्ट्री कतै प्रसारण नभएको अनुसन्धानबाट पत्ता लागेपछि अख्तियारले आरोप पत्र दर्ता गराएको बताइएको छ । कर्मचारी संगै फाउण्डेशनकी निर्देशक सरिताकुमारी साह पनि प्रतिवादी छिन्।
अख्तियारले डकुमेन्ट्रीको नाममा सरकारी रकम दुरुपयोग गरेको भन्दै ९ लाख ९८ हजार ९ सय २१ रुपैयाँ बिगो कायम गर्दै प्रतिवादीहरूलाई कैद र जरिवाना सजाय माग गरेको छ।







