काठमाडौँ । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई पितृशोक परेको छ। उनका पिता कुलबहादुर श्रेष्ठको ९५ वर्षको उमेरमा मंगलबार बिहान निधन भएको हो।
कुलबहादुर श्रेष्ठ लामो समयदेखि स्वासप्रश्वास तथा मधुमेह रोगबाट पीडित थिए। पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ र इन्जिनियर राममनोहर श्रेष्ठ र वरिष्ठ मिर्गौला तथा कलेजो प्रत्यारोपण सर्जन डा. पुकारचन्द्र श्रेष्ठ गरी उनका तीन छोरा र दुई छोरी छन् ।
कुलबहादुरको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको पारिवारिक श्रोतले जनाएको छ।

