रास्वपाले माग्यो गृहमन्त्रीको राजिनामा

काठमाडौं, १३ । प्रतिनिधिसभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीले गृहमन्त्री रमेश लेखकको राजिनामा माग ग्रेको छ । साथै, स्वतन्त्र आयोग गठन गरेर भिसिट भिसाबारे अनुसन्धान गर्न समेत माग गरेको छ । रास्वपा सांसद शिशिर खनालले आयोग गठन नभएसम्म संसद चल्न नदिने जानकारी दिएका छन् ।   ‘कुनै निकायले प्रमाण जुटाउँदैछ भने प्रमाण जुटाउन दिने कि प्रमाण नष्ट गर्न […]

युवा संघको नेतृत्व छान्न मतदान शुरु

पोखरा, १३ जेठ । पोखरामा जारी सत्तारूढ दल नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालको महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ ।  सहमतिको लामो प्रयास सफल नभएपछि मतदान शुरु भएको निर्विरोध निर्वाचित केन्द्रीय सदस्य रविन थापाले जानकारी गराए । पोखरा सभागृहमा मंगलबार बिहान १०  बजेबाट मतदान सुरु भएको हो । निवर्तमान अध्यक्ष […]

भिजिट भिसामा गृहमन्त्रीलाई कांग्रेसको क्लिन चिट

काठमाडौ । नेपाली कांग्रेसले गृहमन्त्री रमेश लेखक भिजिट भिसा प्रकरणमा संलग्न नरहेको निष्कर्ष निकालेको छ। सोमबार पार्टी सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवासमा बसेको पदाधिकारी बैठकले गृहमन्त्री लेखक निर्दोष रहेको निष्कर्ष सार्वजनिक गरेको हो। बैठकपछि कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले पत्रकारहरूसँग कुरा गर्दै लेखकको संलग्नता नभएको विषयमा पार्टी विश्वस्त रहेको बताए। “उहाँ निर्दोष हुनुहुन्छ। भिजिट भिसा […]

आयोजकले वेश्या झैं ब्यवहार गरेको भन्दै मिस इङ्ल्याण्डद्वारा मिसवर्ल्डमा जान इन्कार

काठमाडौं, १२ जेठ । जब मानिसहरूलाई आफ्नो काम गर्न मन लाग्दैन वा चिन्ता लाग्न थाल्छ तव तिनीहरू आफ्नो नाम र काम सबै छोडेर शान्तिको खोजीमा निस्कन्छन । यो सामान्य मानिसको हकमा मात्रै हुँदैन, कहिलेकाहीँ ग्लैमरस जीवन जिउने मानिसले पनि यस्तो कदम चाल्छन् । यस्तै एउटा घटना बाहिर आएको छ, जहाँ मिस इङ्ल्यान्डको उपाधि जितेकी मिल्ला […]

विपद व्यवस्थापनमा ललितपुर महानगर अगाडि रहेको मेयरको दावी

ललितपुर । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले विपद व्यवस्थापन र जोखिम न्युनिकरणमा ललितपुर महानगरपालिका देशभरका पालिकामध्ये अगाडि रहेको दाबी गरेका छन्। राष्ट्रिय जोखिम न्युनिकरण तथा विपद व्यवस्थापन प्राधिकरणको आयोजना, ललितपुर महानगरको समन्वय र भूकम्प प्रविधि राष्ट्रिय समाज नेपालको सहकार्यमा ललितपुर नगरप्रहरी बल कार्यालयमा आयोजित विपद् स्वयंसेवक परिचालन आधारभूत तालिमको उद्घाटन कार्यक्रममा बोल्दै उनले विपदका जोखिममा […]

भक्तपुरमा मृत भेटिइन् रोशनी शाही

भक्तपुर । भक्तपुरको सूर्यविनायक-३ बालकोटको बृहस्पति मार्ग स्थित ३ तले पक्की घरमा रोशनी शाही मृत फेला परेकी छन् । आइतबार दिउँसो करिब साढे १ बजेको समयमा उनी मृत अवस्थामा फेला परेकी हुन् । जाजरकोट स्थायी घर भएकी ५० वर्षिया शाही पहिलो तलामा डेरी गरि बस्दै आएकी थिइन् । कोठाको ढोका भित्रबाट चुकुल लगाई घोप्टो परी […]

आफ्ना वडाध्यक्षलाई आश्वस्त पार्दै ओलीले भने- माओवादी ६४ जसरी आउँदैन, नडराउनु

ललितपुर, ११ जेठ। प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहका निर्वाचित वडाध्यक्षहरूलाई विकास र सुशासनका लागि पार्टीसँगको सम्बन्ध सुदृढ पार्दै काम गर्न निर्देशन दिएका छन्। बागमती प्रदेशस्तरीय जननिर्वाचित वडाध्यक्षहरूको प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उनले निर्वाचित जनप्रतिनिधिहरूले जनतासँगको सम्पर्क बलियो राखी छिटो र सहज सेवा दिनुपर्नेमा जोड दिए। साथै, पालिकाका प्रमुख र […]

रास्वपा केन्द्रीय समितिको बैठक बस्दै, नेतृत्वबारे निर्णय हुनसक्ने संकेत

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको भावी नेतृत्वबारे गम्भीर छलफल गर्न केन्द्रीय समिति बैठक आज दिउँसो २ बजे बोलाएको छ। पार्टीको केन्द्रीय कार्यालय, वनस्थलीमा बस्ने बैठकमा पछिल्लो राजनीतिक परिस्थितिबारे गहिरो बहस हुने बताइएको छ। कार्यवाहक प्रवक्ता मनिष झाका अनुसार सर्वोच्च अदालतले पार्टी सभापति रवि लामिछानेलाई थुनामै राख्ने आदेश सदर गरेपछि पार्टीको नीति, कार्यक्रम र […]

रविलाई रिहा गर्न सर्वोच्च अदालतको अस्वीकार

काठमाडौं, ९ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रिहा नगर्न सर्वोच्च अदालतले आदेश दिएक‍ो छ। पूर्वडीआइजी छविलाल जोशीसँगै लामिछानेको बन्दी प्रत्यक्षीकरण मुद्दामा सुनुवाइ सकिए पछि सर्वोच्चले रिहाईको आदेश नदिएको हो। न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले रविको बन्दी प्रत्यक्षीकरण मुद्दा र उच्च अदालतले गरेको थुनछेक आदेशमाथिको पुनरावेदन उपर सुनवाइ गरे पछि […]

चाँगुनारायणमा विपद् अभ्यास

भक्तपुर । चाँगुनारायण नगरपालिकाको आयोजनामा, आईसेट नेपाल/डिसिए नेपालको आर्थिक तथा प्राविधिक सहयोग र नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाको सहकार्यमा, भूकम्पीय सुरक्षा तथा आगलागी नियन्त्रणसम्बन्धी कृतिम घटना अभ्यास सम्पन्न भएको छ। खरिपाटीमा सो अभ्यास सम्पन्न भएको हो । अभ्यासको उद्देश्य आपतकालीन कार्यसञ्चालन केन्द्रबारे समान बुझाइ विकास गर्नु, विपद् पूर्वतयारी तथा प्रतिकार्य योजनाको प्रभावकारिता परीक्षण गर्नु, […]