भक्तपुरमा शहीद र बेपत्ता परिवारसंग माओवादीको गणतन्त्र दिवस,प्रजिअ पूर्वाग्रही भएको आरोप

भक्तपुर । गणतन्त्र ल्याउने लडाईमा आफ्ना एक दर्जन नेताकार्यकर्ता गुमाएको नेकपा (माओवादी केन्द्र) भक्तपुरले विविध कार्यक्रम गरी गणतन्त्र दिवस मनाएको छ । माओवादीले यसलाई उत्सव र संस्मरण दुवै स्वरुपमा मनाएको हो । माओवादी केन्द्रको भक्तपुर नगर समितिले शहीद र बेपता परिवारसंग बेदना साटेर गणतन्त्र दिवस मनाएको नगर अध्यक्ष राकेश सुवालले जनाएका छन् । बिहीवार उनीहरु […]

बढेन कर्मचारीको तलब, महँगी भत्तामा भने वृद्धि

काठमाडौ । सरकारले आगामी आर्थिक वर्षका लागि पनि रास्ट्रसेवक कर्मचारीको तलब यथावत राखेको छ ।  सदनमा १९ खर्ब बढीको बजेट सार्वजनिक गरिरहेका उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्रोतको चापका कारण राष्ट्रसेवक कर्मचारीको तलब वृद्धि सम्भव नभएको बताएका छन्। बिहीबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८२/८३ को वार्षिक बजेट प्रस्तुत गर्दै मन्त्री पौडेलले राष्ट्रसेवकको तलब […]

आर्थिक वर्ष २०८२/८३ को बजेट सार्वजनिक

काठमाडौ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेस गरेका छन् । उनले नेपालको संविधानको धारा ११९ बमोजिम आव २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमान पेस गर्ने कार्यसूची रहे अनुरुप बजेट सार्वजनिक गरेका हुन् । बजेट १९ खर्ब […]

मोटरसाइकल दुर्घटना, एकै परिवारका तीनको निधन

इन्दीप कोइराला, बारा । बाराको पचरौता नगरपालिका– १ पिपरपातीका एकै परिवारका तीन जनाको मोटरसाइकल दुर्घटनामा परि ज्यान गएको छ ।  भारतको रक्सौलबाट फर्किदै गर्दा छौडादानोको बखरी गाउँ नजिकै मोटरसाइकल दुर्घटनामा परेर पाँच महिनाका एक नाबालकसहित एकै परिवारका तीन जनाको सोमवार ज्यान गएको हो ।  ज्यान गुमाउनेमा पाँच महिनाका शिशु दिव्यांश साह, उनकी २० वर्षीया आमा […]

गणतन्त्र दिवसको विशेष समारोह सम्पन्न

गणतन्त्र स्थापना भएको १७ वर्षको अवसरमा बिहीबार सैनिक मञ्च, टुँडिखेलमा आयोजित विशेष समारोह भव्य रुपमा सम्पन्न भएको छ । समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यता रहेको थियो । समारोहको आरम्भमा नेपाली सेनाद्वारा राष्ट्रपतिलाई विशेष सलामी अर्पण गरियो। राष्ट्रिय गानको संगितमा गरिएको झण्डोत्तोलनले वातावरणलाई अझै गौरवपूर्ण बनाएको थियो । सो अवसरमा शहिदहरूलाई श्रद्धाञ्जली अर्पण गरियो, जसले […]

विपद प्रतिकार्यमा स्थानीय तह एक्लैले काम गर्न सक्दैन : प्रमुख महर्जन

ललितपुर, १५ जेठ । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले विपद प्रतिकार्यमा स्थानीय तह एक्लैले काम गर्न नसक्ने बताउँदै संघ र प्रदेश सरकारको प्रभावकारी सहयोग अपरिहार्य रहेको बताएका छन्। जिल्ला प्रशासन कार्यालय ललितपुरले बुधबार आयोजना गरेको जिल्ला विपद व्यवस्थापन समिति बैठक तथा मनसुनजन्य विपद पूर्वतयारी र प्रतिकार्य योजनामाथिको छलफलमा प्रमुख महर्जनले यस्तो धारणा व्यक्त गरेका हुन्। […]

सम्पादकीय : जिम्मेवार नागरिकको कर्तब्य पूरा गरौं

आज गणतन्त्र दिवस । १७ वर्ष अघि आजकै दिन अर्थात्, १५ जेठ २०६५ मा करिब २ सय ४० वर्षसम्म रहेको राजतन्त्र फालेर देशमा गणतन्त्र स्थापना भएको थियो । गणतन्त्र केवल राजनीतिक व्यवस्था होइन, यो जनताको अधिकार, सम्मान र समान अवसरको सुनिश्चितता पनि हो । यसका लागि देशमा २०५२ देखि १० वर्ष भीषण जनयुद्ध भयो, २०६२/६३ […]

गैरसरकारी संस्थालाई नकारात्मक दृष्टिले हेर्नु नहुनेमा जोड

काठमाडौं । देशको समृद्धि र विकासका लागि सरकार, अन्तर्राष्ट्रिय गैरसरकारी संस्था र नागरिक समाजका बिचमा आसपी सहकार्य गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । बुधबार प्लान इन्टरनेशनलले ललितपुरमा आयोजना गरेको अन्तरक्रियामा बोल्दै सरोकारवालाहरुले देशको समृद्धि र विकासका लागि त्रिपक्षीय सहकार्य आवश्यक रहेको बताएका हुन् । उनीहरुले गैरसरकारी संस्थाहरुले राम्रा काम गरिरहेकाले नकारात्मक दृष्टिले हेर्नु नहुने भन्दै […]

‘स्वच्छ वायु लामो आयु’ विषयक वक्तृत्वकलामा महेन्द्रग्राम माविकी दुलाल प्रथम

भक्तपुर । “स्वच्छ वायु लामो आयु” भन्ने शिर्षकमा चाँगुनारायण नगरपालिकाभित्रका माध्यमिक विद्यालयका विद्यार्थीबीच आयोजना गरिएको वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । नगरपालिकाको खानेपानी, सरसफाइ तथा स्वच्छता शाखाको आयोजना एवं स्वच्छ हावा संजालको समन्वयमा मंगलबार सो प्रतियोगितामा तपादम्फोस्थित सभा हलमा सम्पन्न भएको हो । प्रतियोगितामा महेन्द्रग्राम माविकी सृजला दुलाल प्रथम भएकी छन् । दुलाललाई पछ्याउँदै  आरक्षण […]

विद्यालय शिक्षामै गणतन्त्रबारे पढाउन आवश्यक : महासचिव पोखरेल

काठमाडौ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले विद्यालय तहमै लोकतन्त्र र गणतन्त्रको शिक्षा अनिवार्य गर्नुपर्ने बताएका छन्। पार्टीका सबै विभागका सदस्यहरूको विस्तारित भेलालाई सम्बोधन गर्दै उनले गणतन्त्र प्राप्तिपछि भएका सामाजिक, सांस्कृतिक, आर्थिक, विकास निर्माण तथा शैक्षिक क्षेत्रका उपलब्धिहरूको जानकारी विद्यार्थीहरूमाझ पुर्‍याउनुपर्नेमा जोड दिए। उनले गणतन्त्र प्राप्तिका लागि भएको बलिदानीपूर्ण संघर्ष र त्यसबाट हासिल उपलब्धिहरूको […]