बढेन कर्मचारीको तलब, महँगी भत्तामा भने वृद्धि

काठमाडौ । सरकारले आगामी आर्थिक वर्षका लागि पनि रास्ट्रसेवक कर्मचारीको तलब यथावत राखेको छ ।  सदनमा १९ खर्ब बढीको बजेट सार्वजनिक गरिरहेका उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्रोतको चापका कारण राष्ट्रसेवक कर्मचारीको तलब वृद्धि सम्भव नभएको बताएका छन्।

बिहीबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८२/८३ को वार्षिक बजेट प्रस्तुत गर्दै मन्त्री पौडेलले राष्ट्रसेवकको तलब वृद्धि गर्ने आवश्यकता रहे पनि स्रोत व्यवस्थापनमा परेको दबाबले त्यसो गर्न नसकिएको स्पष्ट पारे।

उनका अनुसार, “सेवासुविधा समयसापेक्ष बनाउने आवश्यकता भए पनि हालको आर्थिक दबाबका कारण तलबमा अपेक्षित वृद्धि सम्भव भएन।” तर, कर्मचारीको क्रयशक्ति सन्तुलनमा ल्याउने उद्देश्यले महँगी भत्ता वृद्धि गरी मासिक ५ हजार रुपैयाँ पुर्‍याइएको उनले बताए।

 महँगी भत्ताको नयाँ दर आगामी साउन महिनाबाट लागू हुने छ।