चौथो वरियताका शर्मा प्रधानन्यायाधीशमा सिफारिस

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश डा. मनोजकुमार शर्मा प्रधानन्यायाधीशमा सिफारिस भएका छन् । न्यायपरिषद्को बिहीबार बसेको बैठकले उनको नाम अघि सारेको हो ।

नेपालको न्यायिक इतिहासमै पहिलोपटक चौथो वरियतामा रहेका न्यायाधीश प्रधानन्यायाधीशका लागि सिफारिस भएका हुन् । संसदीय सुनुवाइबाट अनुमोदन भएमा शर्मा नेपालको ३३ औं प्रधानन्यायाधीश बन्नेछन् ।

कानुन विषयमा विद्यावारिधि गरेका शर्मा २०७६ वैशाखमा सर्वोच्च अदालतको न्यायाधीश नियुक्त भएका थिए ।