रास्वपाले माग्यो गृहमन्त्रीको राजिनामा

काठमाडौं, १३ । प्रतिनिधिसभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीले गृहमन्त्री रमेश लेखकको राजिनामा माग ग्रेको छ । साथै, स्वतन्त्र आयोग गठन गरेर भिसिट भिसाबारे अनुसन्धान गर्न समेत माग गरेको छ ।

रास्वपा सांसद शिशिर खनालले आयोग गठन नभएसम्म संसद चल्न नदिने जानकारी दिएका छन् ।  

‘कुनै निकायले प्रमाण जुटाउँदैछ भने प्रमाण जुटाउन दिने कि प्रमाण नष्ट गर्न उसलाई सरुवा गर्ने ? उनले असन्तुष्टि पोखे । “अनुसन्धान कर्मचारीमात्रै नभई गृहमन्त्रीको पनि गर्नुपर्छ,’ उनले भने, ‘त्यसैले प्रहरीबाट हुने अनुसन्धानमा हामीलाई शंका छ । स्वतन्त्र आयोग चाहिन्छ ।”

विगतमा नक्कली भुटानी शरणार्थी प्रकरण दबाइयो, रवि लामिछानेलाई तीन महिनामा हिरासतमा राखियो तर सत्ता पक्षका सांसदलाई बोलाएर चिया खुवाइयो भन्दै उनले सरकार र प्रहरीलाई कसरी विश्वास गर्ने भनेर प्रश्न गरे ।

उनले भने- “छानबिन निष्पक्ष गर्न निष्पक्ष छानबिन समिति बनाउनु पर्छ ।’