सूचनाको हक सम्बन्धी अभियन्तासंग जिल्ला हुलाक कार्यालय भक्तपुरको अन्तरक्रिया

भक्तपुर । जिल्ला हुलाक कार्यालय भक्तपुरले सूचनाको हक कार्यान्वयनलाई जिल्लामा कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा अभियन्ता एवं सरोकारवालासंग अन्तरक्रिया गरेको छ । कार्यालय प्रमुख सीता साम्बाले सूचनाको हक कार्यान्वयनको अवस्थाबारे अवगत गराउँदै सरोकारवालासंग यसका लागि आवश्यक सुझाव लिएकी हुन् । कार्यालय प्रमुख साम्बाले हालसम्म ३५ वटा कार्यालयले सूचनाको हक प्रयोग गरी माग भएका सूचनाको […]

नागढुंगा सुरुङ पुससम्म सञ्चालन हुने

काठमाडौं । काठमाडौं उपत्यका प्रवेश गर्ने मुख्य नाकाको यात्रालाई सहज बनाउने लक्ष्यसहित निर्माणाधीन सिस्नेखोला–नागढुंगा सुरुङमार्गको मुख्य टनेलको निर्माण कार्य सम्पन्न भएसँगै सुरुङ सञ्चालनअघि आवश्यक प्राविधिक परीक्षण (फेसिलिटेट टेस्टिङ) सुरु गरिएको छ। २६८८ मिटर लामो मुख्य टनेलमा अत्याधुनिक कन्टिन्युअस्ली रिइन्फोर्स्ड कंक्रिट पेवमेन्ट (सीआरसीपी) प्रविधिबाट कंक्रिट कार्य सम्पन्न भइसकेको छ। नेपालमा यो प्रविधि पहिलोपटक प्रयोग गरिएको हो। […]

एमाले नेता महेश बस्नेतको प्रश्न – वाइसीएल सम्मेलन कि पद वितरणको कुम्भ मेला

भक्तपुर । नेकपा एमालेकाे युवा संघ अन्तर्गत युथ फोर्सको अध्यक्ष भएपछि राजनीतिक सफलता थप्दै गएका नेकपा एमालेका पाेलिटव्युराे सदस्य एवं पूर्वमन्त्री महेश बस्नेतले प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रकाे युवा संगठन वाइसीएल नेपालकाे केन्द्रीय नेतृत्व प्रति असन्तुष्टि प्रकट गरेका छन् । सार्वजनिकरुपमै उनले वाइसीएल सम्मेलनलाई पद वितरणको कुम्भ मेला भनेका छन् । ७४ सदस्यीय पदाधिकारी […]

पार्टीमा दासहरू बढेका एमाले नेताको गुनासो

काठमाडौं । नेकपा एमालेमा दासहरू बढेको सो पार्टीका नेता कर्णबहादुर थापाले जनाएका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग असन्तुष्ट रहदैँ आएका भनिएका नेता थापाले घुमाउरो पारामा त्यसको संकेत गरेका हुन् । नेपालको राजनीतिक इतिहासमा भीमशेन थापा र जंग बहादुर राणा जति शक्तिशाली मानिस कोही थिएनन र छैनन भन्दै उनले लेखेका छन, ‘यी दुबै व्यक्तिको […]

टेलिकमका प्रवन्ध निर्देशक पहाडीसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा 

काठमाडौ । नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडीसहित १८ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी मुद्दा दायर गरेको छ। आयोगले टेलिकमको बिलिङ प्रणालीमा व्यापक अनियमितता र आर्थिक हिनामिनाको आरोपमा मुद्दा अघि बढाएको हो। आरोपपत्रअनुसार, टेलिकमको सेवा प्रणालीमा भ्रष्टाचार गरी संस्थालाई ३३ करोड ४८ लाख रुपैयाँ बराबरको आर्थिक नोक्सानी पुर्‍याइएको दाबी गरिएको छ। मुद्दा […]

विशेष अदालतबाट सफाइ सर्वोच्चबाट दोषी !

काठमाडौं, २५ जेठ । कानुनका जानकारहरुले पूर्व प्रहरी उपरीक्षक (एसपी) रामेश्वर प्रसाद यादवको मुद्दामा विशेष अदालतबाट सफाइ पाएपनि सर्वोच्च अदालतले दोषी ठहर गरेको बिषय त्रुटिपुर्ण रहेको बताएका छन् । शनिवार मधेशी पत्रकार समाजद्धारा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै कानुनका जानकारहरुले एसपी यादवको मुद्दा सर्वोच्च अदालतले दोषी ठहर गर्दै चार महिनाको जेल सजाय र ९७,५०० रुपैयाँ […]

युथ इको नेपालको प्रयासले युवामा सकारात्मक रूपान्तरण ल्याउने सांसद श्रेष्ठको विश्वास

भक्तपुर । युथ इको नेपाल (Youth Echo Nepal) को आयोजनामा एकदिने नेल आर्ट (नङ सजावट) कार्यशाला भक्तपुमा उत्साहजनक रूपमा सम्पन्न भएको छ। यो कार्यक्रम मतिना स्टुडियो (Matina Studio) को मुख्य प्राविधिक सहयोग तथा ब्लेस्ड ब्यूटी एण्ड एकेडेमी (Blessed Beauty & Academy) सँगको सहकार्यमा कौसलटारमा शनिबार सम्पन्न भएको हो । कुनै सरकारी सहयोग बिना संस्थाले आफ्नै […]

कानुन थाहा भएन भन्न पाइदैन : पूर्वमन्त्री चित्रकार

ललितपुर । बागमती प्रदेशका पूर्व मन्त्री एवं प्रदेशसभा सदस्य रामकृष्ण चित्रकारले कानूनी राज्यमा कसैले पनि “कानून थाहा छैन” भनेर बेवास्ता गर्न नपाइने बताएका छन्। ललितपुर उद्योग वाणिज्य संघको पोलिसी एण्ड एडभोकेसी समितिको संयोजनमा शुक्रबार आयोजित उद्योग व्यवसायीका लागि कानूनी साक्षरता तथा अन्तरक्रियामा बोल्दै चित्रकारले उद्योग सञ्चालनका क्रममा आइपर्ने विभिन्न झमेलाबाट जोगिन कानूनी जानकारी आवश्यक रहेको […]

आज मुस्लिम समुदायले ईद-उल-अजहा(बकरईद) पर्व मनाउँदै

काठमाडौं । मुस्लिम समुदायले आज देशभर ईद-उल-अजहा (बकर ईद) पर्व हर्षोल्लासका साथ मनाइरहेका छन्। बलिदानको प्रतीकका रूपमा मनाइने यो पर्व इस्लाम धर्मावलम्बीहरूको प्रमुख धार्मिक चाडमध्ये एक हो। बकर इद मुस्लिम समुदायको पवित्र पर्व हो, जुन हरेक वर्ष इस्लामिक पात्रोअनुसार १२औँ महिना जिल हिज्जाको १० गते मनाइन्छ । ३ दिनसम्म यो पर्व मनाइने परम्परा छ । […]

अब ओलीको नेतृत्वमा वाइसीएल

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको सहायक संगठन वाइसीएल, नेपाल (YCL, Nepal) को तेस्रो राष्ट्रिय सम्मेलनले अध्यक्षमा पुष्प ओलीलाई निर्वाचित गरेको छ । शुक्रबार मित्रपार्कस्थित गोल्डेनलाइट पार्टी प्यालेसमा सम्पन्न सम्मेलनले ओलीको नेतृत्वमा ३ सय ५१ सदस्यीय नयाँ केन्द्रीय समिति निर्वाचित भएको हो । दाङका स्थायी बासिन्दा ओली यसअघि संगठनका उपमहासचिव थिए।  वाइसीएलको महासचिवमा […]