भक्तपुर । सूर्यविनायक नगरपालिका–३, बालकोटस्थित इडेन गार्डेन इङ्लिस स्कुल मा “इडेन वार्षिक खेलकुद उत्सव–२०८२” सम्पन्न भएको छ। पुस २० गतेदेखि सुरु भएको खेलकुद उत्सव चार दिनसम्म सञ्चालन भई औपचारिक रूपमा समापन गरिएको हो। विद्यालयका सह–प्रिन्सिपल अनिश राईका अनुसार खेलकुद उत्सव विद्यालयको वार्षिक कार्यतालिकाअन्तर्गतको एक महत्वपूर्ण कार्यक्रम हो। विद्यार्थीहरूको शारीरिक, मानसिक तथा सामाजिक विकासलाई केन्द्रमा राखी […]
शिक्षा
उपनिर्देशक दहाललाई बनेपा बहुप्राविधिक शिक्षालय प्रमुखको जिम्मेवारी
भक्तपुर । सानोठिमीस्थित प्राविधिक शिक्षा तथा ब्यवसायिक तालीम परिषद(सिटिइभिटी) का उपनिर्देशक रोहित दहाललाई बनेपा बहुप्राविधिक शिक्षालयमा शिक्षालय प्रमुखको जिम्मेवारी दिइएको छ । प्रशासन महाशाखामा कार्यरत उपनिर्देशक दहाललाई सदस्य सचिव स्तरीय निर्णयले सो जिम्मेवारी दिइएको हो । शुक्रबार प्रशासन महाशाखा प्रमुख दामोदर देवकोटालगायतले दहाललाई बिदाइ गर्दै बनेपा बहुप्राविधिक शिक्षालयको विकासमा उल्लेखनीय योगदान हुने बिश्वास व्यक्त गरेका […]
ओलीको बोलीमा विद्यावारिधी
काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीका अभिव्यक्तिमाथि विद्यावारिधी गरिएको छ। नेपाल संस्कृत विश्वविद्यालयबाट सानुमैयाँ खड्काले विद्यावारिधी गरेकी हुन् । उनले प्रस्तुत गरेको शोधमा ओलीका भाषणलाई पूर्वीय दर्शनको व्यञ्जना सिद्धान्तका आधारमा विश्लेषण गरिएको छ। शोधले ओलीका अभिव्यक्तिहरू उखान–टुक्कामा मात्र सीमित नभई गहिरो दार्शनिक व्यञ्जनायुक्त रहेको निष्कर्ष निकालेको छ। खड्काका अनुसार ओलीका कथनहरूमा […]
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा यो वर्ष पनि ग्रामकाली मावि अमारे प्रथम
सिन्धुली । सुनकोशी गाउँपालिकाले आयोजना गरेको छैठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८२ मा ग्रामकाली माध्यमिक विद्यालय, अमारेले पुनः प्रथम स्थान हासिल गर्दै आफ्नो खेलकुद प्रभुत्व कायम राखेको छ। नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालयको तत्वावधान, राष्ट्रिय खेलकुद परिषद्को संयोजकत्व तथा सुनकोशी गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा सम्पन्न प्रतियोगिता पुस १० गतेदेखि १२ गतेसम्म मुलकोटको […]
आज वर्षकै सबैभन्दा लामो रात
काठमाडौँ । आज वर्षकै सबैभन्दा लामो रात परेको छ। खगोलीय हिसाबले हरेक डिसेम्बर २१ मा रात सबैभन्दा लामो हुने गर्दछ। आजको दिन सबैभन्दा छोटो थियो र रात सबैभन्दा लामो छ । पृथ्वी आफ्नै धुरीबाट ढल्किएको अवस्थाका कारण सूर्य आज उत्तर गोलार्धबाट सबैभन्दा टाढा देखिन्छ। यही कारणले गर्दा सूर्य ढिलो उदाउने र छिट्टै अस्ताउने हुँदा उज्यालो […]
आरक्षण स्कूलमा बृहत् शैक्षिक प्रदर्शनी
भक्तपुर । चाँगुनारायण नगरपालिका–८, सुडालस्थित आरक्षण नेसनल स्कूलले विषयगत बृहत् शैक्षिक प्रदर्शनी सम्पन्न गरेको छ । विद्यार्थीहरूलाई रचनात्मक विकास र व्यवहारिक सिकाइतर्फ प्रेरित गर्ने उदेश्यले प्रदर्शनी गरिएको हो । प्रदर्शनीमा विभिन्न कक्षाका विद्यार्थीहरूले विज्ञान, गणित, सामाजिक अध्ययन र वातावरणसम्बन्धी परियोजना, मोडेल तथा प्रयोगहरू प्रस्तुत गरेका थिए। उक्त प्रदर्शनीमा अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । उनीहरूले […]
नोबेल पुरस्कार विजेताको उपस्थितिले त्रिविको दीक्षान्त समारोह विशेष र ऐतिहासिक बन्ने
काठमाडौँ । देशकै जेठो र ठूलो त्रिभुवन विश्वविद्यालयले नोबेल पुरस्कार विजेता जापानी प्राद्यापक ताकाआकी काजितालाई प्रमुख आतिथि बनाएर ५१औँ दीक्षान्त समारोहको तयारी गरेको छ । काजिताले सन् २०१५ मा भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार पाएका छन् । जापानबाट फर्किएर त्रिविका उपकुलपति भएका प्राडा दीपक अर्यालको पहलमा काजिता दीक्षान्त समारोहमा सहभागी हुने भएका हुन् । पुस १० […]
सामाजिक विषयको पाठ्यपुस्तक परिमार्जनको काम शुरु भइसक्यो : महानिर्देशक पौडेल
काठमाडौ । पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक युवराज पौडेलले कक्षा ५, ८ र १० का सामाजिक विषयका पाठ्यपुस्तक परिमार्जनको काम सुरु भइसकेको जानकारी दिएका छन् । शिक्षा पत्रकार समूह र सेभ द चिल्ड्रेनले राजधानीमा आयोजना गरेको बालबालिका, पाठ्यक्रम र पाठ्यपुस्तकबीचको तादम्यता विषयक अन्तर्क्रियामा उनले परिमार्जित पुस्तकहरू २०८४ सालदेखि कार्यान्वयनमा ल्याइने बताए। उनका अनुसार पाठ्यपुस्तक लेखनका […]
चप्पलबाट स्याटेलाइटसम्म : चेपाङ विद्यार्थीले बनाए पहिलो स्वदेशी स्याटेलाइट
काठमाडौँ । आर्थिक रूपमा पछाडि पारिएको अल्पसंख्यक समुदायबाट आएका चेपाङ विद्यार्थीहरूको संलग्नतामा नेपालमै डिजाइन तथा निर्माण गरिएको पहिलो स्वदेशी स्याटेलाइट बुधबार सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गरिएकाे छ। ‘स्लिपर्स टु स्याट’ नाम दिइएको यस प्रेरणादायी मिसनअन्तर्गत निर्माण गरिएको क्युब–स्याटेलाइट चीनको इनर मंगोलियास्थित चिउक्वान स्याटेलाइट लन्च सेन्टरबाट बिहानीपख पौने १० बजे काइनेटिका–वान रकेटमार्फत प्रक्षेपण भएको हो । स्रोतसाधन […]
शिक्षकप्रतिको सम्मान, बिदाईमा हेलिकप्टर चार्टर
गोरखा । गोरखाको धार्चे गाउँपालिका–२ रुन्चेतको गण्डकी माध्यमिक विद्यालयका प्रधानाध्यापक इन्द्रबहादुर उपरकोटीलाई भब्य बिदाई गरिएको छ । विद्यार्थी, पूर्वविद्यार्थी र अभिभावकहरूको सहयोगमा विद्यालयले उनलाई हेलिकप्टर चार्टर गरी ऐतिहासिक सम्मानसहित विदाई गरेको हो । ३७ वर्षको अविरल सेवा समर्पणपछि हालै मात्र अवकाश प्राप्त गरेका उपरकोटीको शिक्षण पेशाप्रतिको निष्ठा, कर्तब्यपरायणता र प्रेरणादायी भूमिकाप्रति कृतज्ञता व्यक्त गर्न स्थानीयहरूले […]











