काठमाडौं। योङ कम्यूनिष्ट लिग नेपाल (वाईसीएल, नेपाल) ले आफ्नो अर्धसैन्य संरचना व्यूँताएको छ।
वाईसीएल नेपालको भर्चुअल माध्ययमबाट बसेको केन्द्रीय समिति बैठकले सो निर्णय गरेको केन्द्रीय सदस्य राजु कुटुले जानकारी दिए ।
निर्णय अनुसार देशभरका १ सय ६५ वटै निर्वाचन क्षेत्रमा मतदाता तथा उम्मेद्वारको सुरक्षा गर्न वाइसीएलको स्पेशल टास्क फोर्स (एस.टि.एफ) क्याम्पिङ गरेर राखिने अध्यक्ष पुष्प ओलीले बताए ।
“एक वुथ सय यूथ” को नीति अनुसार सबै वुथ केन्द्रमा युवाहरू खटाइने, सामाजिक संजालको अधिकतम प्रयोग गर्ने, सम्बन्धित मतदान क्षेत्रका यूवा सम्बन्धित क्षेत्रमा नै खटाउने तयारी गरिएको समेत उनले जानकारी गराए ।
सो बैठकमा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र वाइसीएल इन्चार्ज रामप्रसाद सापकोटा दीपशिखाले आवश्यक निर्देशन दिएका थिए ।







